सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका भित्र सञ्चालित ७ विद्यालयका २९७ जना विद्यार्थीलाई एक/एक सेट ट्रयाकसुट वितरण गरिएको छ ।
शेर्पा एड थ्रोआउट हिमालयन (साथी)संस्थाका संस्थापक ठिले लामा शेर्पाको पहलमा चिसो मौसमलाई ध्यानमा राख्दै विद्यार्थीलाई ट्रयाकसुट वितरण गरिएको हो ।
सो कार्यबाट चिवाङ आवि सुर्के, जुनवेशी मावि, जुनबेशी, रमाइलोज्योति आवि जैदु, सरस्वती आवि कुनिखोप, मञ्जुश्री आवि लुरा, दुधकुण्ड आवि फाप्लु र क्याम्जे आवि गरिखासाका विद्यार्थी लाभान्वित भएका छन् ।