काठमाडौं । तनहूँका रविन के. बस्नेत (रविन्द्र कुमार बस्नेत) नेपाली कलाकारितामा जम्दैछन् । २०७६ सालमा म्यूजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेका बस्नेतले हालसम्म आधा दर्जन म्यूजिक भिडियो, दुई वटा सर्ट मूभी र एउटा वेव सिरिजमा काम गरिसकेका छन् । उनले अभिनय सुरु गरेको पहिलो आधुनिक गीत ‘उम्रिरहन्छन् खुसीहरु’हो ।
त्यसपछि ‘लुकीछिपी’, ‘बिति गयो रात’, ‘प्रेमको फूल’ लगायतका म्यूजिक भिडियोमा काम गरे । बस्नेतसँग ‘प्रेमरेखा’, ‘मातृत्व’ नामक सर्ट मूभी र ‘सहि हो’वेव सिरिजमा पनि काम गरेको अनुभव छ ।
कलाकारितामा भविष्य खोजिरहेका उनले हालसम्म दुई सम्मान प्राप्त गरेका छन् । २०८० सालमा मात्रै उनले ‘मातृत्व’ सर्ट मूभीबाट सम्मान हात पारेका थिए भने गोल्डेन हर्स इन्टरनेश्नल अवार्ड–२०२२ को अवसरमा ‘कलाकारिता विशेष सम्मान’पनि बस्नेतले ाए ।
निकट भविष्यमै अर्को एक सामाजिक धारको लघु चलचित्र खेल्ने योजनामा रहेका बस्नेत भन्छन्, ‘मनोरञ्जन सँगै सामाजिक चेतनामूलक विषयमा अभिनय गर्न पाउँदा खुसी छु । यो क्षेत्रमा भविष्य देखेरै लागेकाले सघर्ष जारी छ ।’