२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

चौरी पालन व्यवसाय संकटमा


२८ फाल्गुन २०७९, आइतबार  

26
Shares

सोलुखुम्बु तथा ओखलढुंगाको माथिल्लो क्षेत्रमा पालन गरिदै आएको चैरी पालन व्यवसाय संकटमा पर्दै गएको छ । चौरीपालक किसानलाई प्रोत्साहन नमिल्दा यो व्यवसाय खस्कँदै गएको हो । सोलुखुम्बुमो टाक्सिन्दु,फेरा, जुभिङ र खूम्बुका विभिन्न खर्कहरुमा मानिसले चौरी पालन व्यवसाय गर्दै आएका छन् ।

ओखलढुंगा जिल्लाको खिजीदेम्बा र सिद्धिचरण नगरपालिकाको लेकाली भेगका किसानले चौरीपालन व्यवसाय गर्दै आएका छन् । भारी बोक्न तथा चिज, छुर्पी, नौनी, चम्मरलगायतको प्रयोजनका लागि चौरीपालन गरिने भए पनि अहिले यो व्यवसाय छाड्ने र चौरी बाह्य जिल्लामा बिक्री गर्ने चलन बढ्दै गएको छ ।चौरीपालन व्यवसायका लागि सरकारी निकायबाट अनुदान, रोग उपचार, प्रविधिलगायतमा सहयोग नमिल्दा यो व्यवसाय संकटमा रहेको किसानहरु बताउँछन् ।

पछिल्लो समय यहाँका किसानले खर्क मासिएका कारण चरण अभाव समेत झेल्दै आएका छन् । ओलखढुंगामा जिल्लामा एउटा चौरीको ३० हजारभन्दा माथि मूल्य पर्ने गर्छ । चौरीको यकिन तथ्यांक नभए पनि हाल १२ भन्दा बढी चौरी गोठहरूमा केही सयको संख्यामा चौरी रहेको जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ७ : ३९ बजे