सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आगामी आर्थिक वर्षका ८८ करोड ४५ लाख ६० हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।
मंगलबार बसेको १६ औं नगर सभामा आगामी वर्ष २०८२/८३ का लागि उक्त बजेट पारित गरेको हो ।
चालु खर्च ४८ करोड ५९ लाख २० हजार र पुजीँगत खर्च ३९ करोड ८६ लाख ४० हजार रुपैयाँ रहेको नगर उपप्रमुख गान्धीमाया तामाङले बताइन् ।
नगरपालिकालाई आगामी वर्ष २०८२/८३ का लागि संघीय सरकारबाट ५३ करोड ६४ लाख, प्रदेश सरकारबाट ३ करोड ३८ लाख ६६ हजार, राजस्व बाडँफाँडबाट १५ करोड ६४ लाख ४६ हजार, मौज्दात तथा आन्तरिक आयबाट ९ करोड ८३ लाख ४८ हजार र विभिन्न संघ संस्थाबाट ५ करोड ९५ लाख रुपैयाँ प्राप्त हुने बताइएको छ ।
नगरपालिकाले आर्थिक विकास तर्फ २ करोड ४१ लाख ७५ हजार, सामाजिक विकास तर्फ ४० करोड ८३ लाख ५९ हजार, पूर्वाधार विकास तर्फ २८ करोड ५४ लाख २५ हजार,सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १ करोड ९६ लाख ३२ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १४ करोड ६९ लाख ६९ हजार बजेट विनियोजित गरिएको नगर उपप्रमुख तामाङले बताइन् ।
























