६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

महाकुलुङमा कृषि व्यवसाय प्रर्वद्धन समिति गठन


२८ भाद्र २०८०, बिहिबार  

98
Shares

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा कृषि व्यवसाय प्रर्वद्धन समिति गठन गरिएको छ । पालिका अध्यक्ष सुर्य बहादुर कुलुङको अध्यक्षतामा ९ सदस्सीय समिति गठन गरिएको छ ।

विहीबार सम्पन्न बैठकले सदस्य सचिवमा कृषि अधिकृत ओस्ना कुलुङ, सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर राई, कृषि विज्ञ नरेन्द्र बहादुर राई, वडाअध्यक्ष महलसिंह कुलुङ, कृषि व्यवसायी तथा जनप्रतिनिधि देव नारायण कुलुङ, कार्यपालिका सदस्य सीतामाया वि.क. र नीर कुमारी कुलुङ, कृषक जुठे बहादुर कुलुङलाई चयन गरिएको छ ।

कृषकलाई टनेला वितरण, कृषि कार्यक्रम सञ्चालन कार्यविधि निर्माण गर्ने, किवि बगैँचा निर्माण गर्ने लगायतका निर्णय गरिएको पालिका अध्यक्ष कुलुङले जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  २ : ५३ बजे