२७ आश्विन २०८१, आइतबार | Sun Oct 13 2024

सोलु सल्यानका बाल क्लबका पदाधिकारीलाई तालिम सुरु


११ आश्विन २०८०, बिहिबार  

26
Shares

सोलुखुम्बु । रीड नेपालको आयोजना, अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोग तथा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको समन्वयमा विद्यालयमा गठित बाल क्लबलाई बाल अधिकार संरक्षण ,लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी ३ दिने तालिम महेन्द्रोदय मावि सल्यानमा सुरु भएको छ ।

तालिममा सल्यान क्षेत्रका ८ विद्यालयका २२ जना बाल क्लबका पदाधिकारी उपस्थिति रहेको शिक्षा विकास अधिकृत सुजता राईले जानकारी दिइन् । तालिमको अन्तिम दिन जेन्डर फोकल शिक्षकलाई पनि सहभागी गराइने छ ।

तालिममा बाल अधिकार र संरक्षण बाल क्लबको काम, कर्तव्य र अधिकार, बाल क्लब परिचालन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, बाल दुर्व्यवहार न्यूनीकरणमा बाल क्लबको भूमिका, गुनासो व्यवस्थापन संयन्त्र, अपाङ्गताका प्रकार तथा बालक्लबको वार्षिक कार्ययोजना निर्माण लगायतका विषयवस्तु समावेश गरिने आयोजकले जनाएको छ ।

सोही प्रकृतिको तालिम नेचा क्षेत्रमा र ७ वटै स्थानीय तहमा रीड नेपालले काम गरेको विद्यालयलाई लक्षित गरी संचालन गर्दै आएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : ३१ बजे