७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

महाकुलुङमा निःशुल्क आँखा शिविर सुरु


१५ मंसिर २०८०, शुक्रबार  

66
Shares

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा ७ दिने नि:शुल्क आँखा शिविर सुरु भएको छ ।
रोटरी क्लब अफ रन्ननगर जर्मन नागरिक प्रमुख काटिया टिमको आर्थिक सहयोगमा महाकुलुङको पाँच वटै वडामा नि:शुल्क शिविर सुरु गरिएको हो । शिविरको गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले उद्घाटन गरेका छन् ।
स्वास्थ्य चौकी गुदेलमा शिवीरको उद्घाटन गर्दै अध्यक्ष कुलुङले आँखा जोगाउन सके जिवन जोगाउन सकिने बताएका छन् । यो शिविरबाट लाभ लिनका लागि महाकुलुङबासीलाई उनले आग्रह गरेका छन् ।
निशुल्क आँखा परिक्षण, मोतिबिन्दुको शल्यक्रिया, औषधि तथा चस्मा वितरण गरिने छ ।

शिबिर सञ्चालन ब्यस्थापन सपोर्ट एन केयर पुर्नस्थापन केन्द्र , चितवन भरतपुर आँखा अस्पताल चितवन को प्राबिधिक सहयोग र महाकुलुङ गाउँपालिकाको सहजीकरणमा सञ्चालन भईरहेको छ ।

आँखा परिक्षण तथा औषधि तथा चस्मा बव लागि स्वास्थ्य चौकी गुदेलमा १ र १५ गते, छेस्काम स्वास्थ्य चौकीमा १६ र१७ मिति तय गरिएको छ भने
१८,१९ र २० गते महाकुलुङ प्राथमिक अस्पताल बुङमा मोतिबिन्दुको शल्यक्रिया गरिने पत्रकार झलक राईले जानकारी दिए ।
शिविर उद्घटन कार्यक्रममा पालिका अध्यक्ष कुलुङ, महाकुलुङ स्वास्थ्य शाखाका प्रमुख हरिप्रसाद आचार्य, स्वास्थ्य चौकी गुदेल ब्यस्थापन समिति तथा वडा नम्बर ५ का अध्यक्ष महल सिंह कुलुङ, महाकुलुङ ४ वडा अध्यक्ष सरस्वती कुलुङ, स्वास्थ्य चौकी गुदेलका इन्चार्ज किर्तिधन राई, १८ जना जर्मन नागरिक टिमहरुको प्रमुख काटिया १० जना सपोर्ट एन केयर केन्द्रका प्रमुख प्रकाश शाही , चितवन आँखा अस्पताल केन्द्रका प्रमुख रमेश घिमिरे , शिविर कार्यक्रमका मुख्य सहजकर्ता खरिजङ राई र बिकास कुलुङ, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १ : १० बजे