काठमाडौं । ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिकाले यु एई ज्यान कसुरमा जेल जीवन बिताइरहेका ओखलढुङ्गाका भुवन मगर र धादिङ पहलमान थापा मगरलाई नेपाल फर्काउने विषयमा आवश्यक समन्वय गरिदिन सरकारलाई आग्रह गरेको छ ।
पालिका अध्यक्ष निशान्त शर्माले परराष्ट्र मन्त्री र गृह मन्त्रीलाई पत्राचार गर्दै चिसंखुगढी ३ का श्रेष्ठ र उनका साथी धादिङका थापा मगर ज्यान कसुरमा यु एईमा जेल जीवन बिताइरहेको र ब्लड मनी बापतको रकम ५०/५० लाख मृतकका परिवारलाई मृत्युदण्ड भोग्नुपर्ने परिस्थितिमा उनीहरूलाई सकुशल नेपाल फर्काउने वातावरणका लागि यु एई सरकारसँग समन्वयका लागि आग्रह गर्दै आइतबार पत्र पठाएका हुन् ।
नेपालमा भुवन र पहलमानलाई मृत्युदण्डबाट बचाउन भन्दै उनका परिवारले सहयोगका लागि बिलौना गर्दै आएका छन् । दुवै परिवारको आर्थिक अवस्था कमजो रहेकाल जनस्तरबाट सहयोग सङ्कलनलाई जारी राखिएको छ ।