१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

राजु परियार र मञ्जु बिकले ल्याए ‘लमजुङे ठाडो भाका’, बेशीसहर नगरका प्रमुख अर्यालले गरे विमोचन



काठमाडौं । लोकदोहोरी गायक राजु परियार र गायिका मञ्जु बिकले ‘लमजुङे ठाडो भाका’ ल्याएका छन् । सोही गीत मंगलबार पुतलीसडकको एक होटलमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भएको कार्यक्रममा लमजुङको बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले गीतको विमोचन गरेका हुन् ।

बेसीशहर नगरपालिका– २ का वडाध्यक्ष मदन राना समेत उपस्थित कार्यक्रममा गायक परियारले लमजुङ जिल्लाको पहिचानसहित बेसीशहर नगरपालिका र आफ्नो जन्मस्थान नगरपालिका वडा नम्बर २ िापानीको पहिचान झल्किने गरी निर्माण गरिएको ‘लमजुङे ठाडो भाका’को श्रव्यदृष्य विमोचन गरिएको हो ।

बेसीशहर नगरपालिकाका प्रमुख अर्यालले यस गीतले आफ्नो नगरपालिका मात्रै नभई समग्र लमजुङ जिल्लाको मौलिक पहिचान र महत्व बोकेको बताए । साथै उनले गीतको प्रशंसा गर्दै गायक राजु परियार र गायिका मञ्जु बिकलाई धन्यवाद समेत ज्ञापन गरे ।

नगरप्रमुख अर्यालले लमजुङे ठाडो भाकाका सुरुवातका गायक देबहादुर दुरा र उनी पछिका भेडिखर्के साइलाको स्मरण गर्दै आगामी दिनमा नगरपालिकाको पर्यटन प्रवद्र्धन र यस मौलिक स्थानीय ठाडो भाकाको संरक्षणमा राजु परियारको मूख्य भूमिका रहने विश्वास व्यक्त गरे ।

बेसीशहर नगरपालिका–२ का वडाध्यक्ष मदन रानाले यस ठाडो भाकाले आफ्नो वडाका लागि विशेष महत्व दिने बताउँदै पर्यटन प्रवद्र्धन र मौलिक लोकसंगीत संरक्षणमा ठूलो योगदान दिने उल्लेख गरे ।

गीत विमोचन कार्यक्रममा राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, पूर्वअध्यक्ष चन्द्र शर्मा र बद्री पंगेनीले लमजुङे ठाडो भाका लोप हुने अवस्थामा पुगेको बेला यसको संरक्षणमा राजु परियारले कदम अघि बढाएको बताए ।
गायिका मञ्जु बिकले राजु परियार जस्तो गायनका बादशाहसँग आवाज मिसाएर आफ्नै गाउँ–ठाउँको मौलिक लमजुङे ठाडो भाका बजारमा ल्याउन पाउनु नै आफैलाई भाग्यमानी ठानेको बताइन् ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले पछिल्लो समय गीत संगीतमा छाडापन मौलाउँदै गएको भन्दै यस्ता मौलिक गीत संगीतको विमोचनको आयोजना गर्न पाएकोमा गायक राजु परियार लायत म्पूर्ण टिमलाई धन्यवाद दिए ।

‘लमजुङे ठाडो भाका’मा गायक राजु परियार आफैँले शब्द रचना र संगीत भरेका छन् भने संगीत संयोजन विश्वास नेपाल र ध्वनी सम्पादन राजेन्द्र बाजुरालीले गरेका छन् ।

भिडियो प्रकाश भट्टको निर्देशन गरेका छन् । गीतको भिडियो लमजुङ बेसीशहरकै विभिन्न स्थान र आफ्नो जन्मस्थान बेसीशहर नगरपालिका– २ मा छायांकन गरिएको हो ।

विमोचन कार्यक्रममा गीतका सष्ट्रा, कलाकार दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

फोटो : सुजन दाहाल

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : ४३ बजे