१ आश्विन २०८१, मंगलबार | Tue Sep 17 2024

गोराखानीको चिनारी गीत सार्वजनिक (भिडियो)


२५ भाद्र २०८१, मंगलबार  

20
Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीको वर्तमान र भविष्यको सम्भावनालाई समाबेश गरी गोराखानी गान सार्वजनिक गरिएको छ ।

शंकर अधिकारी घायलको शब्द र सरोज प्याकुरेलको संगीतमा तयार भएको गीतमा सन्जय तुम्रोक र रिता केसीको स्वर रहेको छ ।

रत्न काजी जोशीको निर्देशनमा तयार पारिएको भिडियोमा गोराखानी वडाका दृष्यलाई समाबेश गरिएको छ ।

प्रचुर पर्यटकीय सम्भावना रहेको पिके डाँडाँ लगायतका ठाउँ, भाषा, धर्मलाई समाबेश गरी गोराखानीको चिनारीको रुपमा गीतलाई तयार पारिएको छ ।

गोराखानीको कला, संस्कृती र पर्यटकिय क्षेत्रलाई देश तथा बिदेशमा पुर्याउने हेतुले गीत र भिडियो निर्माण गरिएको वडाध्यक्ष धनराज तामाङले जानकारी दिए । उनले भने, ‘गीत र भिडियोले आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढवामा भूमिका खेल्नेमा हामी विस्वस्त छौँ ।’

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ५ : २८ बजे