३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

सोलुदुधकुण्डमा लैङ्गिक संवेदनशील अपाङ्गता मैत्री सुरक्षित वातावरण निर्माण तथा समावेशी शिक्षा सम्बन्धी तालिम सुरु


२५ भाद्र २०८१, मंगलबार  

38
Shares

सोलुखुम्बु । रीड नेपालको आयोजना, सोलुदुधकुण्ड नगरपालिकाको समन्वय तथा अस्ट्रेलियन  एड र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा लैङ्गिक संवेदनशील अपाङ्गता मैत्री सुरक्षित वातावरण निर्माण तथा समावेशी शिक्षा सम्बन्धी २ दिने तालिम सञ्चालन भएको छ 

रीड नेपालले काम गरिरहेका सोलु दुधकुण्ड नगरपालिकाका १९ विद्यालयका प्रध्यानाध्यापकहरु, स्थानीय स्रोत शिक्षक र  जेन्डर फोकल शिक्षक गरेर ३८ जनाको सहभागितामा रहेको छ ।

तालिमको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मेयर शेर्पाले विद्यालयको गुणस्तर सुधार गर्नका निम्ति लैङ्गिक संवेदनशील अपाङ्गता मैत्री सुरक्षित वातावरण निर्माण तथा समावेशी शिक्षा अति आवश्यक रहेको बताए । अहिलेको समयमा शिक्षाको प्रतिस्पर्धा विश्वका विद्यार्थीहरू सँग भएकोले किताबी ज्ञान मात्र सिकाएर नपुग्ने भन्दै अन्य विषयलाई पनि समेट्नुपर्ने बताए ।

शेर्पाले निजी विद्यालयका विद्यार्थी भन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरू नै बढी प्रतिभाशाली र व्यवहारिक भएको बताए । मेयर शेर्पाले रीड नेपालले लामो समय देखि सोलुखुम्बुमा महत्त्वपूर्ण योगदान गरेको भन्दै अहिलेको आवश्यकता अनुसारका तालिम सञ्चालन गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै उपमेयर गान्धीमाया तामाङले अत्यन्त महत्त्वपूर्ण विषयमा तालिम सञ्चालन भएको भन्दै सिकेको कुरा विद्यालयमा लागु गर्न आग्रह गरिन् । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पुण्यप्रसाद डङ्गोलले कार्यक्रम सफलताको शुभकामना दिए ।

रीड नेपालका संयोजक केशव देव गिरीले विद्यालयको गुणस्तर सुधार गर्न सिकाइ उपलब्धिका साथै अन्य कुराहरूलाई पनि सँगसँगै लैजानु पर्ने बताउँदै लैङ्गिक मैत्री, अपाङ्गता मैत्री, बालमैत्री विद्यालय निर्माण आजको आवश्यकता भएकोले यसका लागी मुख्य जिम्मेवार प्रध्यानाध्यापक हुने हुँदा यो तालिममा उहाँहरूलाई पनि समेटेर तालिमको आयोजना गरेको बताए ।

तालिमको सहजीकरण कमला उप्रेतीले गरिरहेकी छिन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ५ : ३७ बजे