५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

‘बानी पर्यो २’ सार्वजनिक, सुनिशा–सुशान्त–अरुणको त्रिकोणात्मक प्रेम कथा



काठमाडौँ । प्रेमिल गीत ‘बानी पर्यो २’ सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा गायक सौगात जंग थापा र गायिका बेनिशा पौडेलको स्वर रहेको गीत सार्वजनिक गरिएको हो।

गीतमा निप्रेश उप्रेतीको शब्द, सौगात जंग थापाको संगीत तथा विशाल निरौला को एरेन्ज रहेको छ।

सुरेन्द्र बसेलको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा त्रिकोणात्मक प्रेम कथालाई प्रस्तुत गरिएको छ। भिडियोमा सुनिशा बजगाँई, सुशान्त ढकाल र अरुण शाह फिचर्ड छन्।

भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन प्रकाश दाहालले गरेका छन्। उक्त भिडियो सौगात जंग थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यसअघि चर्चित बनेको ‘बानी पर्यो’ को सिक्वेलका रूपमा आएको ‘बानी पर्यो २’ मा गीतकार र महिला मोडल बाहेक अधिकांश पुरानो टिम दोहोरिएको छ। मोडल सुशान्त ढकालले प्रेमिल जोडी तथा संगीतप्रेमी दर्शकमाझ गीतले राम्रो प्रतिक्रिया पाउने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : ४२ बजे