१ आश्विन २०८१, मंगलबार | Tue Sep 17 2024

सोलुदुधकुण्डमा लैंगिक संवेदनशील अपांगता मैत्री सुरक्षित वातावरण निर्माण तथा समावेशी शिक्षा सम्बन्धी तालिम


२७ भाद्र २०८१, बिहिबार  

16
Shares

सोलुखुम्बु । रीड नेपालको आयोजना, सोलुदुधकुण्ड नगरपालिकाको समन्वय तथा अष्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा लैंगिक संवेदनशील अपांगता मैत्री सुरक्षित वातावरण निर्माण तथा समावेशी शिक्षा सम्बन्धी २ दिने तालिम बुधबार सम्पन्न भएको छ ।

तालिममा रीड नेपालले काम गरिरहेका सोलुदुधकुण्ड नगरपालिका भित्रका १९ विद्यालयका प्रध्यानाध्यापक, स्थानीय स्रोत शिक्षक र जेन्डर फोकल शिक्षक गरेर ३८ जनाको सहभागितामा रहेको थियो ।

तालिम रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । उपमेयर तामाङले अहिलेको परिवेशमा विद्यालयका लागि तालिममा समावेश गरेका कुराहरु अति आवश्यक भएको बताउदै व्यवहारमा लागु गर्न आग्रह गरिन् ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले जेन्डरको कुरा गर्ने वित्तिकै महिलालाई मात्र बुझ्ने परम्पराले व्यवहारमा लागु गर्न चुनौती भएको अनुभव सुनाउदै प्रध्यानाध्यापक र जेन्डर फोकल शिक्षकलाई संगै राखेर तालिमको आयोजना भएको हुँदा कार्यन्वयन हुने विश्वास व्यक्त गरिन् । त्यस्तै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुन्यराज डंगोल रीड नेपालको तालिमको प्रसंशा गर्दै सोलुखुम्बुका शिक्षक भाग्यमानी भएको बताउदै प्रध्यानाध्यापकको जिम्मेवारी धेरै भएकोले आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरे ।

त्यस्तै रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले विद्यालयको शैक्षिक गुणस्तर बढाउन सिकाइ उपलब्धी संगसंगै अन्य विषय पनि आवश्यक हुने हुँदा विद्यालयलाई बाल मैत्री अपांगता मैत्री लैंगिक मैत्री र सुरक्षित विद्यालय बनाउन सकेमात्र गुणस्तरीय शिक्षा सम्भव हुने हुँदा यी विषयलाई तालिममा समेटेको बताउदै कार्ययोजना अनुसार विद्यालयमा काम गर्न प्रध्यानाध्यापकहरुलाई अनुरोध गरे ।

तालिममा सहभागीका तर्फबाट दुधकुण्ड हिमालय आवि फाप्लु र जनप्रिय माविका प्रध्यानाध्यापकहरुले मन्तव्य राख्दै तालिममा धेरै कुरा सिकाइ भएको र व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे । तालिमको सहजीकरण जेन्डर विशेषज्ञ कमला उप्रेतीले गरेकी थिइन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  १२ : ४१ बजे