९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

चिलाउने, ओख्रेनी र मूलखर्कका नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा, नागरिक हर्षित



काठमाडौँ । गोकर्णेश्वर नगरपालिका १ चिलाउने, ओख्रेनी र मूलखर्कका नागरिकलाई औषधिपचार सहजताका लागि निशुल्क एम्बुलेन्सको व्यवस्थापन गरिएको छ ।

नगरका मेयर दिपक रिसालको पहलमा कान्छाराम कन्ट्रक्सनले उपलब्ध गराएको एम्बुलेन्स मंगलबार ओख्रेनीमा आयोजित एक कार्यक्रममा एम्बुलेन्स वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । २४ सै घण्टा एम्बुलेन्स सञ्चालनका लागि एक चालकको समेत व्यवस्था मिलाइएको छ ।

हस्तान्तरण कार्यक्रममा मेयर रिसालले ६५० घरपरिवारको सहजताको लागि निशुल्क एम्बुलेन्स र चालकको व्यवस्था मिलाएको बताए । उनले भने, ‘शिवपुरी नागर्जु राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने वडा नं १ का गाउँका नागरिकलाई विरामी हुँदा अस्पतालसम्म जानका लागि भोग्दै आएको समस्यालाई ध्यानमा राखेर एम्बुलेन्सको व्यवस्था मिलाएका हौँ । सार्वजनि सवरी ाधनो समेत सहज पहुँच नभएको गाउँका नागरिकका लागि विरामी हुँने वित्तिकै तत्काल उपचारका लागि एम्बुलेन्सले सेवा प्रदान गर्ने उद्देश्य हो । नगरपालिकासँग एम्बुलेन्स छ तर नगरबाट एम्बुलेन्स आउँदा र जाँदाको समय लामो रहने भएकाले यथासक्य छिटो उपचार होस् भन्ने हाम्रो द्येय हो ।’ प्रभावकारी सेवा प्रवाहका लागि स्थानीय चालक समेत नियुक्त गरिएको छ ।

उपमेयर सान्नानी लामाले एम्बुलेन्स नहुँदा विरामीले समयमै उपचार अभावमा ज्यान गुमाउन सक्ने वा थप जटिलता खेप्नुपर्ने अवस्थालाई ध्यानमा राखेर एम्बुलेन्सको व्यवस्था मिलाएको बताइन् । प्रमुख प्रशासकिय अधिकृत यम नारायण गौलीले कर्मचारी संयन्त्रले नगरका नागरिकको सहजताका लागि काम गर्दै आएको बताए । एम्बुलेन्सले दुर्गम मानिएको चिलाउने, ओख्रेनी, मूलखर्कका नागरिक लाभान्वित हुने आशा व्यक्त गरे ।

गोकर्णेश्वर १ का वडाध्यक्ष द्धारिका श्रेष्ठले एम्बुलेन्स सेवा सुरु हुँदा वडाबासी हर्षित भएको बताए । निवर्तमान वडाध्यक्ष राम मानन्धरले एम्बुलेन्स सेवा सुरु भएकाले हिजोको जस्तो दुख खेप्नु नपर्ने विश्वास राखे ।

विरामीले निशुल्क एम्बुलेन्स उपयोग गर्न पाउने भएपछि चिलाउने, ओख्रनी, मूलखर्कका नागरिकले खुसी व्यक्त गरेका छन् । स्थानीय शिक्षक उर्गेन तामाङले एम्बुलेन्स व्यवस्थापनले हिजोको दिनमा स्टेचर र डोकोमा बोकेर विरामीलाई अस्पताल सम्म लानुपर्ने दुखको अन्त्य भएको बताए ।

गर्भवति र सुत्केरी अवस्थामा गोकर्णसम्म हिडेरै स्वास्थ्य जाँचको लागि पुगेको अनुभव सुनाउदै स्थानीय महिला सुन्तरी थोकरले अब घरै देखि एम्बुलेन्स सेवा पाउनु सुखद भएको बताइन् । स्थानीय पुर्ण बहादुर तामाङ एम्बुलेन्स अभावमा पिकअप भ्यान, बस वा एम्बुलेन्स पर्खेर विरामीलाई अस्पताल लैजाने मस्या समाधान एको बताए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगरस्तरिय युवा तथा खेलकुद संयोजक सञ्जय लामा लगायतको उपस्थिति रहेको थियो । गोकर्णेश्वर नगरपालिकाले नसर्ने रोगका कारण हुने मृत्यु न्यूनीकरणका लागि उल्लेख्य काम गरेको भन्दै ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’ प्रदान प्राप्त गरेको थियो ।

नेपालमा रहेका २ सय ४३ नगरपालिकामध्ये स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय काम गरेबापत् गोकर्णेश्वर नगरपालिका उत्कृष्ट बनेको थियो ।

नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा, नगरपालिकाभित्र स्थायी बसोवास गर्ने ज्येष्ठ नागरिकलाई उपचारमा ७० प्रतिशत छुट दिएको छ । यस्तैगरी पाठेघरको मुख र स्तन क्यान्सरका बिरामीलाई १५ हजार रुपैया“सम्मको उपचार निःशुल्क छ भने नगर अस्पतालमा विभिन्न औषधि तथा चेकजा“चमा छुटको व्यवस्था मिलाइएको छ ।

दुःख परेकालाई सिफारिश होइन, सहयोग गर्ने मनसायले नगर प्रमुख रिसालले थप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय पहिलो कार्यपालिकाको बैठकबाट गराएका थिए ।

नगर अस्पतालको विकासमा प्राथमिकता दिएको नगरपालिकाले ७० वर्षमाथिका बिरामीको ७० प्रतिशत उपचार खर्च व्यहोर्ने नीति लिइएको छ । पालिका अस्पतालमा स्वास्थ्य बीमाले भुक्तानी नदिँदा पनि नगरले भरथेग गर्ने प्रणाली बनेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : १३ बजे