३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

भर्जिनियामा दशैं तिहार फेस्टमा प्रमोद, निमा र मिलनको प्रस्तुति रहने


१७ आश्विन २०८१, बिहिबार  

6
Shares

काठमाडौँ । अमेरिकाको भर्जिनियामा ‘दशैं तिहार फेस्ट २०२४’ को आयोजना हुदैछ ।

थ्री इन्टरटेनमेन्टको आयोजनामा यहि अक्टोबर ५ मा भब्य कार्यक्रम हुन लागेको कार्यक्रममा प्रमोद खरेल, निमा रुम्बा र गायिका मिलन नेवारको प्रस्तुती रहने आयोजक संस्थाका रोशन पुरीले जानकारी दिए । सो कार्यक्रममा अमेरिकामै रहेका नेपाली कलाकारले पनि प्रस्तुति दिनेछन् ।

कार्यक्रमले नेपालको कला, संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्देश्य राखिएको छ । पुरीका अनुसार कार्यक्रममा नेपालको कला संस्कृति झल्किने पोसाक, खेल, गहना, खानाको परिकार, चंगा आदीको पनि प्रस्तुती रहने छ ।

कार्यक्रममा प्रवेश शुल्क १५ डलर तोकिएको छ भने भिआइपी टिकट १०० डलर तोकिएको छ । यस्तै १० वर्ष देखी मुनीका र ६५ वर्ष देखी माथीकालाई शुल्क नलिने आयोजकले जनाएको छ ।

कार्यक्रम प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, डुम्फ्रिज रोड, मनाससमा हुदैँछ । कार्यक्रमलाई आर एन आर ग्रुप युएसले सहयोग गरेको छ भने नेपाली सांस्कृतिक नृत्य र रंगीन नेपाली सांस्कृतिक नृत्यहरूका साथै नेपालको परम्परागत लाखे नृत्य प्रदर्शन पनि गर्ने कार्यक्रम रहेको छ ।

काइट फेस्टिभल आकर्षणको केन्द्र रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ५ : ४६ बजे