३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

थुलुङ दुधकोशीले पालिका भित्रको सडकलाई तत्काल सरसफाइ तथा मर्मत सुधार गर्ने


१८ आश्विन २०८१, शुक्रबार  

6
Shares

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिका भित्रको सडकलाई तत्काल सरसफाइ तथा मर्मत सुधार गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यपालिका बैठकले बर्खाको समयमा बिग्रेको सडकलाई दशै अघिनै मर्मत सुधारका साथै सरसफाई गर्ने निर्णय गरेको हो ।

चाडपर्वमा सवारी आवगमन बढी हुने र मौसममा समेत सुधार हुने भएकाले सडक सरसफाइलाई पहिलो प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । भौतिक पुर्वधार समितीलाई तत्काल बैठक बसि मुख्य मुख्य सडकलाई पुर्णरुपमा सहज ढंगले सञ्चालन गर्ने गरि कार्य गर्न अध्यक्ष राईले निर्देशन समेत दिनुभएको प्रवक्ता भोजराज कार्कीले जानकारी दिए। जनस्तरबाट कुनैपनि गुनासो नआउने गरि काम गर्न सबै वडालाई अध्यक्ष राईले निर्देशन समेत दिनुभएको उनको भनाई छ ।

अझै पनि झरी पर्ने क्रम नरोकिएकाले सडक सरसफाइ कार्य प्रभावित हुने पालिकाका सव( इन्जिनियर शरण कुमार राईले बताए । झरी परिरहेको बेला बर्खामा परेको खाल्डो पुर्दा सवारी साधन फस्ने जोखिम बढी हुने उनको भनाई छ ।

हिजो देखि वडा नम्बर ३ पंचन क्षेत्र भित्र सडक सफाई गरिरहेको र यो कार्य निरन्तर हुने गाउँपालिकाले जनाएको छ । अधिकांस सडकमा चिम्टे माटो भएकाले सामान्य झरी पर्दा पनि सवारी फस्ने र ठुला ठुला खाल्ने हुने सब इन्जिनियर राईले बताए । यस्तै शुक्रबारको कार्यपालिका बैठकले अन्य केहि महत्त्वपूर्ण निर्णयहरु गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : ४० बजे