३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

गोकर्णेश्वरका महिलाहरुलाई १० दिने उद्घोषण तालिम


२० आश्विन २०८१, आइतबार  

72
Shares

काठमाडौं । परिवर्तन महिला समूहको आयोजनामा संचालन गरिएको १० दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको उक्त महिला समूहले ४० जना महिला दिदि बहिनीहरुका लागि उद्घोषण तथा भाषण कला तालिम संचालन गरेको हो ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा नयाँबस्ती युवा क्लबको हलमा संचालन गरिएको तालिमको आइर्तवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

महिलाहरुको क्षमता अभिवृद्धिसँगै उनीहरुको व्यक्तित्व विकास गर्ने उदेश्यले नगरपालिकाले यस्ता तालिम आयोजना गर्दै आएको मेयर रिसालले बताए । उनले महिलाहरुलाई सबल र सक्षम बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी दिँदै आगामी दिनमा थप प्रभावकारी योजनाहरु ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाको सामाजिक परिचालन उपशाखाकाकी अजिता कपाली , लोकसंचारकर्मी नेपालका अध्यक्ष तथा संचारकर्मी चन्द्रमणी गौतम लगायत राजनीतिज्ञ, स्थानिय समासेवी लगायतको उपस्थिति रहेको थियो ।

परिवर्तन महिला समूहकी अध्यक्ष चन्दादेवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई महिला समुहकी सचिव निशा घिमिरेले संचालन गरेकी थिइन् । १० दिनको उद्घोषण तालिममा संचारकर्मी हरिप्रसाद दुलालले सहजीकरण गरेका थिए ।

Source :

  • win77
  • प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ३ : ५५ बजे