८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

खिजिदेम्बामा एम्बुलेन्सकै संख्या ५ पुग्यो


१२ कार्तिक २०८१, सोमबार  

32
Shares

काठमाडौँ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकालाई कोरियन संस्थाबाट २ वटा एम्बुलेन्स प्राप्त भएको छ ।

अम होंङ गिल ह्युमन फाउण्डेशनको सहकार्यमा योनसे साराङ हस्पिटलको सहयोगमा प्राप्त एम्बुलेन्स सोमबार एक कार्यक्रमको आयोजना गरी काठमाडौँमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष क्याप्टेन अम होंङ गिलले खिजिदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । यो सँगै खिजिदेम्बामा एम्बुलेन्सको संख्या ५ पुगेको छ ।

एम्बुलेन्स हस्तान्तरणपछि फाउण्डेशनका अध्यक्ष क्याप्टेन गिलले दुर्गम गाउँको सहजताको लागि एम्बुलेन्स व्यव्थापनको माध्यम बन्न पाउँदा खुसी व्यक्त गरे ।

पालिका अध्यक्ष शेर्पाले प्राप्त एम्बुलेन्सले नागरिकको स्वास्थ्य माथीको पहुँच बृद्धि गर्ने बताए । उनले बाह्रै महिना एम्बुलेन्स सञ्चालनका लागि ग्रामीण सडक स्तरोन्नतीमा समेत ध्यान दिने बताएका छन् । अध्यक्ष शेर्पाले निर्वाचनताका घोषणा पत्रमा ९ वटै वडामा एक एक वटा एम्बुलेन्सको व्यवस्थापन गर्ने उल्लेख गरेका थिए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा दाताहरुलाई सुनुवार, शेर्पा र तामाङ समुदायको चण्डी, स्याब्रु र सेलो नाचेर स्वागत तथा सम्मान समेत गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ३ : २८ बजे