सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले बृहत वैठक डाकेको छ ।
जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले शुक्रबार सूचना जारी गर्दै कात्तिक २७ गते विहान ११ बजे पार्टी कार्यालय, बसन्त बजारमा बस्ने गरी बैठक डाकिएको हो ।
बैठकमा जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यहरु, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रका सभापति, पदाधिकारी र सदस्यहरु, ८ वटै पालिका सभापति एवम् पदाधिकारीहरु, ५२ वटै वडाका सभापति र पार्टीबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरुलाई उपस्थितिका लागि आब्हान गरिएको छ ।
कांग्रेसको सय दिनको राष्ट्रिय अभियान सञ्चालनका विषयमा छलफल गर्न बृहत बैठक बोलाइएको सभापति शेर्पाले बताए । सो बैठकमा अभियान प्रतिनिधि तथा केन्द्रीय सदस्य अमृत अर्यालको समेत उपस्थिति रहने छ ।