काठमाडौं । चन्द्र पन्त निर्देशित मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’रिलिजको संघारमा ‘भगवान नै आमा हुन्’ बोलको गीत सार्वजनिक गरिएको छ ।
सत्यराज आचार्यको स्वरमा तयार गीतमा शब्द, संगीत, एरेन्ज र मिक्सिङ बाबुल गिरीले गरेका छन् ।
स्वर्णिम कठायत, आयुष गिरी, ओजस्वी बजगाँईले बाल स्वर रेकर्ड गीतको लिरिकल एनिमेसन दिनेश विष्टले गरेका छन् ।
हरि र नारायणी नामक जोडीले प्रेम सम्बन्धको रक्षाको लागि गर्ने संघर्षको कथावस्तु वरपर फिल्म घुमेको छ । शीर्ष भूमिकामा हरिहर अधिकारी र नीता ढुंगाना छन् ।
ब्रम्हनन्दम, विपना थापा, सुनिल बर्मा, मोहम्मद अली, कुबीर दुहान, रेखा थापा, आदर्श मिश्रा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, संचिता लुइँटेल, अग्रिम पण्डित, निर्मल शर्मा, बुद्धि तामाङ, रविन्द्र झा लगायतको अभिनय छ ।
नीता फिल्म्सले निर्माण गरेको यो फिल्म कात्तिक ३० गते नेपाल र भारतमा रिलिज हुँदैछ ।
दक्षिण भारतीय कलाकार अभिनित फिल्म भएकाले पनि बहुप्रतिक्षित रुपमा हेरिएको छ ।
नेपालमा नेपाली र हिन्दी दुबै भाषामा प्रदर्शन हुने भएको छ । नेपाल र भारतबाहेकका मुलुकमा भने एकसातापछि ल्याउने तयारी छ । यो फिल्म १४ जापानी सहरमा ७ डिसेम्बरदेखि रिलिज हुँदैछ ।