७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

गीतकार मनुहाङ किराँती ‘सोलु’को ‘यादहरु’ सार्वजनिक



काठमाडौँ । सोलुखुम्बुको दुर्गम गाँउमा जन्मिएका मनुहाङ किराँती ‘सोलु’को शब्दमा रेकर्ड भएको गीत ‘यादहरु’ सार्वजनिक गरिएको छ । यो उनको सातौँ गीत हो ।

सुस्मिता कुलुङ युट्युव च्यानलबाट सार्वजनिक उक्त गीत ए लेभल रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको हो। महाकुलुङ आइडल समेत भईसकेको निर्मल निशानको प्रथम स्वर र संगीतमा तयार गीतमा माया पिरतीको भावमा विछोडका पीडा व्यक्त गरेको छ।

गीतकार मूलतः कवि हुन् । नेपाल गीतकार संघको सदस्य पनि ररहेका उनी उनी महाकुलुङको साहित्य क्षेत्रको अभियान्ता समेत हुन् ।

गीतकार किराँतीको सालपा सिलिछोमी, महाकुलुङ गान, गुदेल मावि हिरक गान, मुर्चुङगा र बिनायो आदि गीतहरु सार्वजिक भईसकेका छन भने गीतकारले थुप्रै पुरस्कार र अर्वार्डहरु समेत पाइसकेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ४ : ३६ बजे