सोलुखुम्बु । नेपाल किराँत कुलुङ विद्यार्थी संघ, सोलुखुम्बु र विद्यार्थी संघ इकाइ गुदेल माविको आयोजनामा विभिन्न प्रतियोगीतात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।
भाषा, धर्म, संस्कृती र पहिचानको हाम्रो कर्म, जातीय एकता र कुलुङ जातिको संरक्षण कुलुङ विद्यार्थी संघको मर्म भन्ने मुलनारा साथ विविध कार्यक्रमको आयोजना गरिएको हो ।
शुक्रबार आयोजित कार्यक्रममा कुलुङ भाषा, सस्कृती संरक्षणमा विद्यालयको भुमिका शिर्षकमा वक्तृत्वकला प्रतियोगिता, कुलुङ भाषाको गीतमा युगल नृत्य प्रतियोगिता, एकल ट्र्याक गायन प्रतियोगिता समाबेश गरिएको थियो । प्रतियोगीतामा गुदेल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता जनाएका थिए ।
विद्यालयका निमित्त प्रधानध्यापक बुद्धि बहादुर राईले भाषा, धर्म, संस्कृती र पहिचानको संरक्षण सबैको दायित्व भएको बताए ।
संस्कृती , पहिचान , परम्परा खोज गर्नु संस्थाको मुल उद्देश्य रहेको नेपाल किराँत कुलुङ विद्यार्थी संघका सचिव महेश कुलुङ बताए।
कार्यक्रममा वडाका जनप्रतिनिधि तथा कार्यपालिका सदस्य, विद्यालय व्यवस्थापन समितीका पदारिकारीहरु, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको पत्रकार झलक राईले जानकारी दिए ।