७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

पाँचखालमा निशुल्क स्वास्थ्य शिविर, १२ सय बढि सर्वसाधारण लाभान्वित


१५ मंसिर २०८१, शनिबार  

178
Shares

काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिकामा आयोजित निशुल्क स्वास्थ्य शिविरबाट १२ सय बढि सर्वसाधारण लाभान्वित भएका छन् ।

द स्माल वल्र्ड (टिएसडब्लु) र कैलाश मेडिकल फाउण्डेशनको आयोजनामा गत मंसिर १० देखि १३ गते सम्म पाँचखाल नगरपालिका ३ र १२ मा सञ्चालन गरिएको २-२ दिने शिविरमा एक हजार २०८ जना लाभान्वित भएका छन् ।

अनुभवी स्वदेशी तथा विदेशी चिकित्सक सहभागी शिविरमा दन्त, स्त्री रोग, बाल रोग, मुटुको इसिजी, नशा सम्बन्धी रोगको उपचार गरिएको थियो । निशुल्क औषधि वितरण गरिएको शिविरमा ४१३ जना पुरुष र ७८५ महिला लाभान्वित भएका हुन् ।

शिविर सञ्चालनमा पाँचखाल नगरपालिका र करुणा हस्पिटलले सहकार्य गरेको थियो । शिविरकै अवसरमा पाँचखाल नगरपालिका १२ मा अवस्थित आजात माध्यमिक विद्यालयका सयौँ किशोरीहरुलाई महिनावारी स्वास्थ्य बारे परामर्श गरिएको थियो भने पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड निशुल्क वितरण गरिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ९ : ४५ बजे