७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

नेचासल्यानमा विद्यार्थी लक्षित शिविर जारी



सोलखुम्बुको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानले विद्यार्थी लक्षित शिविर जारी राखेको छ । मंसिर १० गतेबाट सुरु भएको शिविर जारी दाँत तथा आँखा जाँच शिविरमा १४ सय बढि विद्यार्थीले सेवा लिएका छन्। ग्रामिण क्षेत्रमा रहेका बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर यो शिविर सञ्चालन गरिएको छ । नेचासल्यान गाउँपालिका भरीका २५ सय विद्यार्थीलाई यो सेवा दिने लक्ष्य छ। प्रत्येक विद्यालयमा डाक्टर सहितको टोलीको भौतिक उपस्थितीमै शिविर सञ्चालन भईरहेको शिविर व्यवस्थापक विनोद कोईरालाले जानकारी दिए

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ३४ बजे