७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

महाकुलुङमा मनाइयो अपाङ्गता दिवस 



सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङमा अपाङ्गता  रोकथाम पुनः स्थापना सम्बन्धी समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएको व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार भन्ने मुलनारा साथ ३३ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ ।

महाकुलुङ गाउँपालिका आयोजना र  करुणा फाउन्डेसन सहकार्यमा महाकुलुङमा ५ वटा वडामा सबैका लागि पहुँचयुक्त संरचना निर्माणको लागि अपाङ्गता भएका व्यक्तिहरूको सशक्त बनाउनेको लागी तथा अपाङ्गता भएका व्यक्तिहरूले पनि कुनै क्षेत्रको नेतृत्व गर्ने भन्ने उद्देश्य साथ दिवस मनाइएको हो ।

अपाङ्गता कमजोरी असक्षमता दुर्बलता, रोग, बिमारी होइन, फरक क्षमता, विशेष क्षमता सधैँ सहयोग आवश्यक पर्ने व्यक्ति हैन, अपाङ्गता सवाल र समावेशीकरण प्रक्रियालाई आफ्नो सभ्य भाषाको प्रयोग गरौँ, फरक क्षमता भएको व्यक्तिहरूलाई सम्मान साथ कार्यक्रम गरिएको हो । 

कार्यक्रममा वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण करुणा फाउन्डेसन सहजकर्ताले गरेका थिए । सोही प्रकृतिको कार्यक्रम सोताङ गाउँपालिकामा पनि सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ८ : १७ बजे