सोलुखुम्बुको । लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले शैक्षिक क्षेत्रमा फड्को मारेको दाबी गरेकी छिन् । हिमगंगा माविको ७२ औँ वार्षिकोत्सव तथा अन्तर विद्यालय स्तरीय प्रतियोगितात्मक कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कार्की बस्नेतले गाउँपालिका क्षेत्रमा प्राविधिक शिक्षालाई पनि जोड दिएको दाबी गरेकी हुन् ।
हिमगंगा माविमा सिसि क्यामेराबाट निगरानी गर्ने गरिएको कम्युटर शिक्षालाई प्राथमिकता दिईनु यो शैक्षिक सुधारको सुचक भएको उनको दाबी छ । हिमगंगा माविमा प्राविधिक धारको पढाई हुदै आएको छ । यो पालिकाका लागि अर्को शैक्षिक खुड्किला रहेको उनको भनाई छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण बहादुर बस्नेतको अध्यक्षतमा भएको कार्यक्रममा गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष मणिराज बस्नेत, वडा नम्बर ३ का वडाध्यक्ष धुव्र बहादुर बस्नेत, प्रधानाध्यापक हेमकुमार बस्नेतल लगायतको उपस्थिती रहेको लिखुपिकेबाट लोकन्द्र बस्नेतले जानकारी दिए ।