सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिकाका शिक्षकहरुलाई ३ दिने पेशागत पुर्नताजकी तालिम प्रदान गरिएको छ ।
गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता भन्ने नारासहित महाकुलुङ गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा आधारभूत तहका शिक्षकहरुलाई अङ्ग्रेजी, गणित, र बिज्ञान बिषयको पुर्नताजकी तालिम प्रदान गरिएको स्थानीय पत्रकार झलक राईले जानकारी दिए ।
तालिममा सिकाइ उपलब्धि कमजोर देखिने अङ्ग्रेजी, गणित, र बिज्ञान बिषयका अलवा प्रबिधिमैत्री, बालमैत्री शिक्षण बिधि, परियोजना कार्य खेल विधि ए ई र लैङ्गकि समानता, अपाङ्गता र समाबेशी शिक्षाको महत्त्वबारे सिकाइ आदानप्रदान गरिएको रीड नेपालका शिक्षा विकास अधिकृत अर्पन रेग्मीले बताए ।
पालिका भित्रका ४७ जना शिक्षक सहभागी तालिमको समापनमा पालिका उपाध्यक्ष बिपना कुलुङ, सामाजिक बिकास प्रमुख पर्खिधन नाछिरिङ, शिक्षा शाखा प्रमुख झमक बहादुर कट्टबाल लेखापाल धुब्रधन राईको उपस्थिति रहेको थियो ।
तालिमको सहजीकरण रीड नेपालका अर्पण रेग्मी, अभिषेक बिक्रम साह, राजिब ढुङ्गना, सुजिता राईले गरेका थिए ।