काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोताङ गाउँपार्टी समितिको पालिका सम्मेलन पुस २६ मा हुने भएको छ ।
प्रशिक्षण सहित सोमबार सम्पन्न गाउँपार्टी समितिको पुर्ण बैठकले उक्त निर्णय गरेको माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रसार समिती संयोजक भोजराज कार्कीले जानकारी दिए ।
सोताङ गाउँपार्टी समितिका अध्यक्ष गोबिन्द नाछिरिङको अध्यक्षता तथा तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज हेम कुमार राई (शुरवीर)को प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो ।
उक्त बैठकले गोबिन्द नाछिरिङको संयोजकत्वमा ५ सदस्य खबरदारी समिति गठन गरेको छ । उक्त समितिले स्थानीय सरकारले गरेको बेतिथी र ज्यादतीको विरुद्ध प्रमाण सहित खबरदारी गर्ने संयोजक गोबिन्द नाछिरिङले बताए ।
सोही बैठकले सबै वडामा जन भेटघाट तथा प्रशिक्षण लगायत कार्य यहि २९ गते देखि गर्ने बताइएको छ ।
प्रशिक्षण सहितको बैठकलाई सम्बोधन गर्नका लागि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई (शुरवीर), केन्द्रीय सदस्य गोम्बु शर्पा (कर्ज्याङ), प्रदेश समितिका सह-सचिव सागर किराँती, प्रदेश समितिका सचिवालय सदस्य तथा सोलुखुम्बुका सह-इन्चार्ज असिम राई, प्रदेश सदस्य तथा जिल्ला संयोजक नाम्गेल शेर्पा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।