१७ माघ २०८१, बिहिबार | Thu Jan 30 2025

‘दरम खोला फनफनी घुम्यो’ सार्वजनिक (भिडियो)



काठमाडौँ । वरिष्ठ जनवादी गीतकार, सङ्गीतकार एवम् गायक चिरन पुन (सी) ले रचना तथा सङ्गीत गरेको ’दरम खोला फनफनी घुम्यो’ सार्वजनिक गरिएको छ ।

गीत शुक्रबार थानेश्वर गौतमको अफिसिएल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । गीत पश्चिम नेपालको लोक शैैलीमा आधारित यानीमाया, पञ्चेवाजा एवम् चुड्के शैलीलाई समायोजन गरेर गीतकार, सङ्गीतकार एवम् गायक चिरन पुनले मिठो रुपमा तयार पारिएको छ ।


’दमरखोला फनफनी घुम्यो
गल्कोटको वीचहजुर
माछी तलतल बग्यो, उमेर माथि माथि
तर पनि छाडेन कहिल्यै, रिणै रिणको भारी हजुर
दमरखोला फनफनी घुम्यो
गल्कोटको बिच हजुर’

विशेषःत बागलुङ जिल्ला गल्कोटमा बग्ने दरम खोला, ढोरपाटनमा बग्ने उत्तरगङ्गा, म्याग्दीमा बग्ने म्याग्दी खोला, पर्वतमा बग्ने मोदी खोला, गुल्मी – शान्तिपुर बजारमा बग्ने हुग्दीखोला र बाग्लुङ सुखौरामा बग्ने तम्मुखोलाको परिवेशलाई गीतमा उतारिएको छ ।

गीतले रोजगारीको शिलशिलामा नेपाली युवाहरुले विश्वको कुना काप्चामा पुगेर गरेका दुख, पीर, मर्का र वेदनालाई यथार्तपरक उतारेको छ । उमेरले नेटो काटेका बुढा, बुढी बा आमाले बाटो तर्फ आँखा लगाउदै प्रदेशिएका आफ्ना छोरा, छोरीलाई कुरेर बस्ने नेपालको सान्दर्भिक परिवेश हो ।


’पोहोर साल माईलो छोरो खाडी मुलुक उड्यो
के हुन्थ्योर विरानो देश, ज्यान फर्काउन गाह्रो हजुर
छोरीज्वाईहरु कलकत्तातिरै चौकिदार गरी बस्छन्
आफ्नै पेट पाल्न मुस्किल भो भनि, धरधरी आँशु झार्छन् हजुर
उत्तरगङ्गा उत्तरै बग्यो
ढोरपाटनको बीच हजुर’

रोजीरोटीको समस्याले विदेशिन बाध्य पारिएका युवाहरुको लाश विदेशबाट दैनिक त्रिभुवन विमानस्थलमा रातो कफनमा बाधिएर आउनु परेको परिवेश नेपालमा आज पनि विद्धमान रहेको परिवेशलाई गीतले यसरी चित्रण गरेको छ ।

’सिरान घरे सानेको बाउलाई रातो बाकसमा ल्याए
ठुलाथरे पातली पनि फर्किनन् उतै विलाए हजुर
गाँउघरले जा भन्छ, बनैले आ भन्छ उमेरले नेटो काट्यो
न युवा गाउमा छन् न रोजगार देशमा छ हातमुख क्यारी जोड्नु हजुर
मोदी खोला फनफनी घुम्यो
पर्वतैको विच हजुर’

गीतले सवै मिलेर नेपालमै केही गर्न सकिन्छ भन्दै नेपाली युवाहरुलाई आफ्नै देशमा पसिना बगाउन सुन्दर ढङ्गले अपील गरेको छ ।

’सुनै फल्ने नेपाली माटो पौरखमा सम्वृद्धि रोपौ हजुर’
’घुम्टेको लेक, न्युरेको बन हलेसी ढुकुर बास्छ
आफ्नै पसिनामा रमाउनसक्छौ, फर्किदेउ प्रदेशी भन्छ हजुर
स्वाभीमानी पुर्खाको देश पराइको हप्की कति,
सुनैफल्ने नेपाली माटो पौरखमा सम्वृद्धि रोपौ हजुर
तम्मुखोला फनफनी घुम्यो
सुखौराको बीच हजुर’,

सुप्रसिद्ध गजल गायक थानेश्वर गौतम, जनवादी गायीका केशरी घर्तिमगर ’एलिना’ र गायीका सविता बस्नेतले गीतमा मिठो र न्यायपूर्ण आवाज दिएका छन् । गीतको सङ्गीत संयोजन, मिक्सिङ एबम् मास्टरिङ कुशल एरेन्जर नरेन्द्र वियोगीले गरेका छन् भने गीतको अडियो वेव स्टुडियो, अनामनगरमा तयार पारिएको छ ।

गीतको भिडियोमा पश्चिम नेपालको बागलुङ, म्याग्दी, पर्वत, गुल्मी जिल्लाहरुको सुन्दर र मनोरम दृष्यहरु कैद गरिएको छ । गीतको भिडियोमा मोडल निर्मल क्षेत्री एवम् कुशुम थापाको मुख्य भुमिका देखाइएको छ । क्यामरा तर्फ भुवन केसीले गीतलाई छायाँङ्कन गरेका छन् ।

भिडियो सम्पादन मिलन विश्वकर्मा गरेका छन् भने गीतको निर्देशन आफै गायक थानेश्वर गौतमका रहेको छ । गीतको भिडियो सार्वजनिक हुनु भन्दा अगाडि नै अडियो प्लेटफर्म मार्फत रिल, फेसबुक, टिकटकमा हजारौ भिडियो बनिसकेको र गीत सवैले मन पराइदिनुहुने अपेक्षा निमार्ण पक्षले राखेको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १२ : ०५ बजे