७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताहको समापन



काठमाडौँ । तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताहको समापन गरिएको छ ।

ग्यास्टोनोमी टुरिजम एशोसिएसन अफ नेपालको आयोजनामा सोमबार नेपाल टुरिजम बोर्डमा भएको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापा प्रमुख अतिथि थिए ।

थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधता संरक्षणको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने बताएका छन् । महामन्त्री थापाले सरकारले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्न अहिले राम्रो अवसर रहेको बताए ।

कार्यक्रममा ग्यास्टोनोमी टुरिजम एशोसिएसन अफ नेपालका सल्लाहकार सेफ श्रीराम अधिकारी, पूर्व अध्यक्ष श्याम लामा, पूर्व अध्यक्ष गोविन्द जोशी, मुना बजार अध्यक्ष युवराज गुरुङ, रैथाने एग्री प्रोडक्टस नेपालका अध्यक्ष तिलक ढकाल, पर्यटन विज्ञ डा. आलोक प्रसाइ, नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटनसँगै नेपाली खानालाई पनि प्रवद्र्धन गर्नुपर्ने लगायतका विचार राखेका थिए । ग्यास्टोनोमी टुरिजम एशोसिएसन अफ नेपालका वर्तमान अध्यक्ष रमेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रैथाने बाली प्रदर्शन समेत गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ९ : १६ बजे