काठमाडौं । युरोपेली स्किनकेयर तथा पर्सनल केयर ब्रान्ड ‘प्योर डर्मा’ नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। हालै काठमाडौंमा आयोजित विशेष समारोहमा लोकप्रिय अभिनेत्री रेजिना उप्रेतीको प्रमुख आतिथ्यता तथा अभिनेता सुशान्त ढकालको विशेष उपस्थितिमा कम्पनीका १५ वटा उत्पादन एकसाथ सार्वजनिक गरिएको हो।
प्योर डर्मा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पाठकका अनुसार कम्पनीले गुणस्तरीय, सुरक्षित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकसित स्किनकेयर तथा पर्सनल केयर उत्पादन नेपाली उपभोक्तामाझ उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा आफ्नो यात्रा सुरु गरेको हो।

कार्यक्रममा स्वास्थ्यकर्मी, व्यावसायिक साझेदार, वितरक, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सो अवसरमा बोल्दै सीईओ पाठकले नेपाललाई सम्भावनायुक्त तथा तीव्र रूपमा विस्तार भइरहेको स्किनकेयर बजारका रूपमा छनोट गरिएको बताए। उनले वैज्ञानिक रूपमा परीक्षण गरिएका तथा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गरेका उत्पादनहरू नेपाली उपभोक्तासम्म पुर्याउने कम्पनीको लक्ष्य रहेको उल्लेख गरे।
कार्यक्रमकी प्रमुख अतिथि अभिनेत्री रेजिना उप्रेतीले कम्पनीको सफलताको शुभकामना व्यक्त गर्दै गुणस्तरीय स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी उत्पादनहरूले नेपाली उपभोक्तालाई नयाँ विकल्प प्रदान गर्ने विश्वास व्यक्त गरिन्।
विशिष्ट अतिथि अभिनेता सुशान्त ढकालले युरोपेली ब्रान्ड ‘प्योर डर्मा’ले नेपाली बजारमा छिट्टै आफ्नो छुट्टै पहिचान स्थापित गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए।
कार्यक्रममा डा. सन्तोष भण्डारी, डा. रामकृष्ण श्रेष्ठ, डोनाल्ड चा लगायत अन्य आमन्त्रित अतिथिहरूले पनि कम्पनीको सफल भविष्यको कामना गरेका थिए।
समारोहमा क्ल्यारिडर्मा एक्ने स्प्रे, डर्मा बोटोक्स क्रिम, हाफो ह्यान्ड एन्ड फुट क्रिम, नुस किड्स क्रिम एसपीएफ–२५, न्युटिक कोलाजेन नाइट र्यापिङ मास्क, प्योर बेबी क्रिम लगायत १५ वटा उत्पादन सार्वजनिक गरिएको थियो।
कम्पनीका अनुसार यी उत्पादनहरू विभिन्न उमेर समूह तथा छालाका फरक–फरक आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएका हुन्। गुणस्तर, प्रभावकारिता, वैज्ञानिक परीक्षण तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा आफ्ना उत्पादनहरू बजारमा उपलब्ध अन्य ब्रान्डभन्दा फरक रहेको कम्पनीको दाबी छ।
कार्यक्रमका क्रममा कम्पनीका प्रतिनिधिहरूले उत्पादनहरूको विशेषता, प्रयोग विधि तथा उपभोक्ताले प्राप्त गर्न सक्ने फाइदाबारे विस्तृत प्रस्तुति समेत दिएका थिए।

























