२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

‘बाँसको सुप्ला’ ल्याउँदैछन् बादल घिमिरे



काठमाडौँ । सर्जक तथा निर्देशक बादल घिमिरेले नयाँ गीत ‘बाँसको सुप्ला’ सार्वजनिक गर्ने अन्तिम तयारी गरेका छन्। सुगम संगीतका चर्चित गायक स्वरुपराज आचार्यलाई लिएर तयार गरिएको गीतमा महिला स्वरमा मेलिना राईले साथ दिएकी छन्।

गीतमा शब्द तथा संगीत बादल घिमिरेकै रहेको छ। गीतको भिडियो मकवानपुरको सुपिङ गाउँ (भर्जिन एरिया) मा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ।

भिडियोको कथा तथा निर्देशन स्वयं बादल घिमिरेले गरेका हुन्। भिडियोमा बादल घिमिरे र सुना सुन्दासको रोमान्टिक अभिनय देख्न सकिने छ।

भिडियोमा राजीव समरको कोरियोग्राफी तथा विवेक विकको सिनेमेटोग्राफी रहेको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ८ : ०० बजे