१४ कार्तिक २०८१, बुधबार | Thu Oct 31 2024

महाकुलुङमा पक्की पुलको शिलान्यास



सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा पक्की पुलको शिलान्यास गरिएको छ । बुधबार गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले वडा २ को फुलवात्ती खोला माथि बन्ने आर सि.सि.टी ४० टन भार क्षमता पुलको शिलान्यास गरे ।

पालिका अध्यक्ष कुलुङले गाउँपालिका भित्र भौतिक पुर्वाधारको विकासलाई पहिलो प्राथमिकता दिएको बताउँदै सडक सञ्जाललाई वर्षभरिनै सञ्चालनका लागि मोटरेबल पुल आवश्यक भएकाले निर्माण गर्न लागिएको बताए ।

चालु आर्थिक वर्षको प्रदेश सरकारको १ करोड र गाउँपालिकाको ३५ लाखको लगानीमा फुलवात्ती खोलामा मोटरेबल पुल निर्माण सुरु गरिएको हो । २०८१ सालको असार मसान्तमा निर्मााण सम्पन्न गर्ने गरि आरएनएबि साहल जेबि कटारी उदयपुरले सम्झौता गरेको छ ।

मोटरेबल पुलले वडा नम्बर ३ छेस्काम, साद्दी तुमाऊ लुच्चाम गुदेल निम्चोला तिऊ हुँदै साल्पा पोखरी जोड्े कमा सवारी सञ्चालनका लागि हस हुने छ । यो सडकबाट खोटाङ, भोजपुर संखुवासभा हुँदै कोशी प्रदेशको राजधानी जोड्नका लागि सहज हुने छ ।

यो मोटरेबल पुलको लम्बाई २५.६५ मिटर, चौडाई ४.२५ मिटर रहने छ । मोटरेबल पुलको कुल लागत भने २ करोड १ लाख १९ हजार ४ सय ३६ रहेको गाउँपालिका इन्जिनियर छेवाङ शेर्पाले जानकारी दिए । कार्यक्रममा गाउँपलिका उपाध्यक्ष विपना कुलुङ, अन्य जनप्रतिनिधि, सरोकारवाला, स्थानिय, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ४ : १९ बजे