८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

हलेसीमा महिला फुटबल हुने


२५ कार्तिक २०८१, आइतबार  

8
Shares

काठमाडौँ । खोटाङको हलेसीमा ‘खुला महिला फुटबल प्रतियोगीता’ हुने भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा खुला महिला फुटबल हुन लागेको मेयर विमला राईले जानकारी दिइन् ।

आगामी मंसिर ८ देखि १० गते सम्म ‘मेरो गोल, लैङ्गिक हिंसा विरुद्ध बोल’ नारा सहित फुटबल हलेसी तुवाचुङ ७ महादेवस्थान स्थित बसाहाथान खेलमैदानमा हुने छ ।

प्रतियोगीताका विजेताले एक लाख एघार हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । उपविजेताले ५५ हजार ५५५ रुपैयाँको साथमा हात पार्ने छ ।

सेमि फाइनलिष्ट २ टिमलाई २२ हजार २२२ रुपैयाँका दरले नगद र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

बेष्ट प्लेयर, बेष्ट डिफेन्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट किपर र बेष्ट कोचलाई नगदसहित प्रमाण पत्र उपलब्ध गराउने नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रतियोगीतामा सहभागीताका लागि इच्छुक स्थानिय तह, वडा, सामाजिक संघ सस्था, विद्यालय, क्लब, समुहलाई आब्हान गरिएको छ ।

खेलकुद सञ्चालनका नियमहरु
१, टिम दर्ता शुल्क रु १,५०५ मात्र लाग्ने छ ।
२, खेल ७ ए साईडको हुनेछ भने २ जना अतिरिक्त खेलाडि, १ जना टिम कोच र १ जना व्यवस्थापक गरि जम्मा ११ जना हुनु पर्ने छ ।
३, सहभागि खेलाडिले खाना तथा बासको व्यवस्था आपलैले गर्नु पर्नेछ ।
४, खेलमा कुनै विवाद आएमा रेफ्री र आयोजाकको निर्णय नै अन्तिम निर्णय हुनेछ । अन्यत्र गरेको उजुर बाजुर मान्ने हुने छैन ।
५, टिम दर्ता २०८१ साल मंसिर ६ गते बेलुकी ५ बजे सम्म गरि सक्नु पर्नेछ ।
६, खेलाडिको नाम दर्ता भइसकेपछि थपघट र फेर्न पाइने छैन । साथै टिम दर्ता गर्दा अनिर्वाय रुपमा परिचय खुल्ने कागजात पेश गर्नु पर्ने छ ।
७, खेल तालिका टाइसिट २०८१ मंसिर ७ गते सार्वजनिक गरिने छ ।
८,खेल २०८१ मंसिर ८ देखि १० गतेसम्म सञ्चालन गरिने छ ।
९, खेल सुरु हुनुभन्दा एक घण्टा अगाडि फोर्थ अफिसियलसँग पेलेइङ लिस्ट भरि बुझाइ सक्नु पर्ने छ । साथै, रु २००० डिपोजिट गर्नु पर्ने छ । याल्लो कार्डको रु २५० र रेड कार्डको रु ५०० लाग्ने छ ।
१०,कुनै पनि खेलाडिले लगातार २ खेल्मा याल्लो कार्ड पाएको खण्डमा तेस्रो खेलमा बञ्चित हुनेछ भने सिधै रेड कार्ड पाएमा दोस्रो खेलमा बञ्चित हुनेछ ।
११, खेलमा दावा बिरोध गर्नु परेमा खेल सकिएको १ घण्टा भित्र रु ५००० सहित उजुरि गर्नु पर्ने छ भने उजुरि परेको टिम्ले ५ घण्टम भित्र के विषयमा उजुरि परेको हो सो को विवरण पेस गरिसक्नु पर्ने छ । दावा बिरोध साचो ठहरे ६० प्रतिशत रकम फिर्ता हुनेछ भने गलत ठहरिएमा कुनैपनि रकम फिर्ता हुने छैन ।

सम्पर्क व्यक्तिहरु
नगर प्रवक्ता कमल गिरि ९८६२८१३५९० र खेलकुद प्रशिक्षक मिलन कसजु ९८६२२६७६४६

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ७ : ०५ बजे