सोलुखुम्बु । सोलुखम्बुको महाकुलुङ गाउँपालिकामा मेडिकलजन्य फोहोर जलाउन इन्सिनेटर गरिएको छ । इकोहिमाल नेपाल र गाउँपालिकाको संयुक्त लगानीमा मंगलबार इन्सिनेटर सञ्चालनमा ल्याइएको छ ।
इको हिमाल नेपालको ८ लाख ६४ हजार र गाउँपालिकाको १ लाख ८१ हजार लागतमा इन्सिनेटर खरिद गरिएको इको हिमालका कार्यकारी निर्देशक नारायण ढकालले जानकारी दिए ।
इन्सिनेटरको मंगलबार गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ्ल उद्घाटन गरेका छन् । हस्पिटलजन्य फोहोर ब्यबस्थापनको लागि इन्सिनेटर उपयोगी हुने गाउँपालिका अध्यक्ष कुलुङले विश्वास व्यक्त गरे ।