सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ५ र ६ भित्र सञ्चालित वर्कसप (ग्यारेज)को उचित व्यवस्थापनका लागि १५ दिनको समय थप गरिएको छ ।
शुक्रबार नगर प्रमुख नाम्गेल जाङबु शेर्पा र ग्यारेज सञ्चालकबीच भएको छलफलबाट व्यवस्थापनको समय थप गरिएको हो । यसअघिको छलफलमा ग्यारेज सञ्चालकहरु कात्तिक मसान्तसम्म नगरको मापदण्ड अनुसार ग्यारेज व्यवस्थापन गर्न सहमत थिए ।
चाडपर्वका कारण व्यवस्थापनका लागि समय अपुग भएको भन्दै समय माग भएसँगै मंसिर १५ सम्मको समय थप गरिएको नगर प्रमुख शेर्पाले जानकारी दिए । यसअघि असार ६ गते बसेको वैठकको निर्णय नं २ मा ग्यारेज व्यवस्थापनको विषय उल्लेख गरिएको थियो ।
थपिएको समयमा बजार क्षेत्रमा अव्यवस्थित ग्यारेजको मापदण्ड अनुसार व्यवस्थापन नगरिए नगरको हस्तक्षेप गरे गुनासो नगर्ने गरि ग्यारेज सञ्चालक सहमत भएका छन् ।
जथाभावी ग्यारेज सञ्चालनले दुर्घटनाको चुनौति थपेको, नगरको सुनदरता िग्रेको र सरसफाईमा समस्या देखिएको भन्दै सोलुदुधकुण्ड नगरपालिकाले मापदण्ड बनाएर व्यवस्थापनमा अग्रसरता देखाएको हो ।