काठमाडौं । सिमा थापा र जय देवकोटा तीज गीत ‘श्रीमान श्रीमती’ सार्वजनिक गरिएको छ ।
गीतमा सागर बिसीको शब्द छ भने संगीत गायिका सिमा र ओम सेन्चुरीको रहेको छ । संगीत संयोजनको काम भने हेमन्त शिशिरले गरेका छन् । गीतमा श्रीमान र श्रीमतीको कुराहरु समेटिएको छ । गीतको भिडिओमा सुरेश कोहली र उषा सुवेदीको अभिनय रहेको छ ।
महेश महराले खिचेको भिडिओ अमृत चापागाईंले सम्पादन गरेका हुन् । निर्देशन प्रबिन थापाले गरेका हुन् । गीतको भिडिओ सिमा थापा अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गायिका सिमा र गायक जयको यसअघि पनि केहिदिन अघि मात्रै अर्को तीज गीत नाटकै बढी मायालु सार्वजनिक गरिएको छ ।

























