नेपाली संगीत क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘एकै बित्ताको दूरी’ सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालदेखि युट्युबसम्म सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ ।
गीतमा चर्चित गायक बसन्त थापा र गायिका मेलिना राईको सुमधुर स्वर रहेको छ । प्रेम, दूरी र भावनात्मक सम्बन्धको कथालाई संगीतमार्फत प्रस्तुत गरिएको गीतले श्रोतालाई भावुक बनाउने प्रयास गरेको देखिन्छ ।
गीतका शब्द प्रल्हाद सुवेदीले लेख्नुभएको हो भने संगीत स्वयं बसन्त थापाले तयार गर्नुभएको हो । संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गर्नुभएको छ ।
भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको छ । निर्देशक सुनिल क्षेत्रीको निर्देशनमा तयार भएको भिडियोमा सुनिल क्षेत्री र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ । उत्कृष्ट छायांकन, भावपूर्ण प्रस्तुति र दृश्य संयोजनका कारण भिडियोले दर्शकको मन जितिरहेको प्रतिक्रिया प्राप्त भइरहेको छ ।
गीत पशुपति म्युजिक अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोतामाझ राम्रो चर्चा कमाउन सफल भएको छ ।

सामाजिक सञ्जालमा धेरैले बसन्त थापाको संगीत र स्वरको खुलेर प्रशंसा गरेका छन् भने प्रल्हाद सुवेदीका शब्दलाई पनि गीतको मुख्य आकर्षणका रूपमा लिइएको छ । त्यस्तै, निर्देशक सुनिल क्षेत्रीको प्रस्तुतिलाई दर्शकले विशेष रुचाएका छन् ।
निर्माण टिमले गीत सुनेर तथा भिडियो हेरेर आफ्ना अमूल्य प्रतिक्रिया दिन सम्पूर्ण दर्शक तथा श्रोतासमक्ष आग्रह गरेको छ ।
























