२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

हिमालयन इन्टरनेशनल एक्सपो बारे जान्नै पर्ने ५ कुरा


१३ भाद्र २०८१, बिहिबार  

28
Shares

काठमाडौं । आन्तरिक र बाह्य बजारमा गरेर हरेक वर्ष २० अर्ब बराबरको नेपाली हस्तकलाका सामग्रीहरु खरिद बिक्री हुने गरेको छ । नेपालमा हस्तकला उत्पादनको सम्भावना र क्षमता यो भन्दा धेरै गुणा ठूलो छ । आन्तरिक बजार र विश्वबजारमा हस्तकलाका सामान बिकाउन र व्यवसाय टिकाउन अहिले पनि समस्याहरु छन् ।

देखिएका समस्या र हस्तकलाका सामानलाई विश्वव्यापीकरणका लागि हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुँदै छ । एक्पोले नेपाली उत्पादनलाई प्रदर्शनीमा राख्ने मात्रै नभइ विश्वबजारमा प्रवद्र्धनमा पनि सहयोग गर्छ । हिमालयन इन्टरनेशनल एक्सपो के हो ? नेपाली उत्पादनलाई कसरी विश्वबजारमा पु¥याउन यसले मद्दत गर्छ ? व्यवसायी र राष्ट्रलाई यसले के फाइदा पु¥याउँछ ? आउनुहोस् ५ प्रश्नोत्तरमा बुझौँ ।

हिमालयन इन्टरनेशनल एक्सपो के हो ?

नेपाली माटो र उत्पादनलाई माया गर्ने युवाहरुको समूहले यहि असोज १७ देखि १९ गतेसम्म नेपाली हस्तकलाका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले भृकुटिमण्डपमा आयोजना गर्न लागेको एक इभेन्ट हो ‘हिमालयन इन्टरनेसनल एक्सपो’ । नेपालमा मात्रै नभएर अमेरिका, क्यानडा, भारत, चीन र विभिन्न युरोपियन मुलुकहरुमा यसले हरेक वर्ष हस्तकलाका उत्पादनको प्रदद्र्धन र बजारीकरणमा सहयोग गर्दै आइरहेको छ । स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनीमार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सहयोग गर्ने यसको मुख्य उद्देश्य हो ।

हिमालयन एक्सपोमा के हुन्छ ?

हिमालयन एक्सपोमा नेपाली कला, सभ्यता र परम्पराको मेल हुन्छ । यतिमात्रै होइन, हस्तकलाका सामग्री प्रदर्शनीमा देश विदेशबाट हजारौँ भिजिटरहरु आउँछन् । जसले गर्दा हाम्रा उत्पादनको प्रचार प्रसारमा सहयोग पुग्छ । बजार प्रवद्र्धनको सम्भावनाका ढोका खुल्छन् । नेपाल बाहिरबाट पनि ठूलो संख्यामा व्यवसायीहरु आउने भएकाले व्यवसाय प्रवद्र्धनसँगै विश्वबजारलाई नेपाली हस्तकला उत्पादनका सामग्री निर्यातको वातावरण बन्छ । नेपाली पर्यटन क्षेत्रको प्रचारप्रसारमा पनि सहयोग पुग्छ । हामीले विदेशमा निर्यात गर्दै आइरहेका उत्पादनहरु अब प्रत्यक्ष रुपमा त्यहाँका व्यवसायीहरुसँग भेट गरी ‘डिल’ गर्ने बाटो खुल्छ । जसले राम्रो मूल्य त पाउँछ नै निर्यातको दर पनि बढ्छ ।

एक्सपोमा कस्ता उत्पादनले स्थान पाउँछन् ?

यो विशुद्ध हस्तकला उत्पादनका सामग्री प्रवद्र्धन र विश्वबजारीकरणका लागि सहयोग गर्ने उद्देश्यले आयोजना भएको एक्सपो हो । त्यसैले यहाँ हस्तकलाजन्य सामग्रीले नै स्थान पाउँछन् । जस्तो कि अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री एक्सपोमा रहन्छन् । यस्तै तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादन लगायतका सामग्री पनि एक्सपोमा हुन्छन् । यसका साथै पश्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरु, हेण्ड मेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाकाहरु, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र सँस्कृतिसँग सम्बन्धित क्रियाकलाप० प्रदर्शनी रहन्छन् ।

एक्सपोमा को को सहभागी हुन्छन ?

हिमालयन इन्टरनेशनल एक्सपोमा नेपाली हस्तकला व्यवसायीहरुको आफ्नै घर हो । यहाँ नेपाल लगायत अमेरिका, क्यानडा, भारत, चीन लगायत अन्य युरोपियन देशहरुबाट धेरै भन्दा धेरै क्रेताहरु आउँछन् । जसको प्रत्यक्ष लाभ नेपाली व्यवसायीलाई हुन्छ । यस्तै स्वदेशी हस्तकलालाई माया गर्ने र हस्तकता व्यवसायीलाई सम्मान गर्ने नेपालीहरु पनि एक्सपोमा सहभागी हुन्छन् ।

व्यवसायीलाई के फाइदा ?

धेरै भन्दा धेरै विदेशी र नेपाली क्रेताहरु एकै ठाउँमा एकै छानामुनि हुन्छन् । व्यवसायीहरुका सयौँ स्टलमा एकैपटक हजारौँ क्रेताहरु आउँदा पक्कै पनि उनीहरुको उत्पादनको प्रचार प्रसार त हुन्छ । नै व्यवसाय वृद्धिको पनि बाटो पनि खुल्छ । यति मात्रै नभएर विश्वका विभिन्न मुलुकबाट आउने क्रेताहरुसँग प्रत्यक्ष संवाद हुने भएकाले आफ्नो उत्पादनलाई विश्वबजारमा पु¥याउन सहज हुन्छ । व्यवसायीहरुले आफ्नो उत्पादनको निर्यातलाई बढाउन सक्छन् । नेपालको प्राचीन स्मारक एवं सम्पदा, मौलिक उत्पादनको संरक्षण र प्रवद्र्धनप्रति सम्बद्ध सबैमा आफ्नो उत्पादन अन्तर्राष्ट्रियस्तरमा परिचित गराई एक्सपोस्थल लिएर उपयुक्त स्थानहरुमा आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखी व्यापार गर्न गराउन इच्छुक सबैमा स्टल बुकिङ खुला गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ३ : ३० बजे