२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सोलुखुम्बुमा हुदैछ सिर्जना उत्सव, अशेष मल्ल, लक्ष्मण गाम्नागेहरु गुञ्जने



नेपाली कला साहित्य डटकमको आयोजनामा सोलुखुम्बुको सल्लेरीमा कला साहित्य यात्रा २०८२ अन्तरगत मेरो राष्ट्र, मेरो ध्येय ‘सिर्जना-उत्सव’ आयोजना हुदैछ ।

आज शनिवार हिमालयन याक होटेलमा हुने कार्यक्रममा ‘नवयुग साहित्य, कला सेवा समाज सोलुखुम्बु’ले स्थानीय आबद्धता जनाएका छन् भने उत्र मान राई, भाइ राजा बुढाथोकी र केशवदेव गिरीले कार्यक्रमको स्थानीय संयोजन गरेका छन् ।

उत्सवमा अशेष मल्ल, डा. विमल कोइराला, अनिता कोइराला, लक्ष्मण गाम्नागे, मोमिला, राजेश्वर कार्की, महेश पौड्याल लगायतका कवि र स्थानीय स्तरका कविहरू उत्र कुमार राई, सुष्मा बस्नेत, केशव कुलुङ, महेन्द्र दीप राई, सुवास सङ्गम राई लगायतले आफ्नो कविता वाचन गर्नेछन् ।

सोलुखुम्बुको इतिहासमा यति विशिष्ट र धेरै कविहरूको जमघट भएको सायद पहिलो कार्यक्रम हो ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ८ : २३ बजे