नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता आर्यन सिग्देलको मुख्य अभिनय रहेको ‘प्रेमको जीत’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बाहुबली शैलीमा निर्माण गरिएको यस भिडियोमा शंकर श्रेष्ठ र अश्विनी शाहीको दमदार अभिनयले दर्शकको ध्यान खिचेको छ।
गीतमा शंकर श्रेष्ठ, अविज्ञा घिमिरे र विषम आचार्यको स्वर रहेको छ। सार्वजनिक भएसँगै बलिउड शैलीमा तयार गरिएको भन्दै यसको चर्चा चुलिएको छ। करिब ८ मिनेट लामो यो वियोगान्त गीत प्रेम, रोमान्स र विरहका भावनाले भरिएको छ।

निर्देशक केशवराज भट्टले भिडियोमा अश्विनी शाहीलाई बोल्ड र आकर्षक अवतारमा प्रस्तुत गरेका छन्। गीतमा लिखु सहयात्रीको शब्द तथा संगीत रहेको छ भने एरेन्ज, मिक्सिङ र मास्टरिङ विषम आचार्यकै रहेको छ।
करण चैसरको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको यो भिडियो गायक शंकर श्रेष्ठकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

























