१ आश्विन २०८१, मंगलबार | Tue Sep 17 2024

हिमालयन इन्टरनेशनल एक्सपोमा कस्ता उत्पादन सहभागी हुन पाउँछन ?


२५ भाद्र २०८१, मंगलबार  

20
Shares

काठमाडौं । नेपाली हस्तकला व्यवसाय र उत्पादनलाई विश्वव्यापी बनाउने उद्देश्यले असोज १७ देखि १९ गतेसम्म आयोजना हुने हिमालयन इन्टरनेशनल एक्सपो आउन करिब ४ हप्ता मात्रै बाँकी रहेको छ ।

हस्तकला व्यवसायले आर्थिकउपार्जन मात्रै नभएर हाम्रो कला र परम्परालाई पनि विश्वव्यापी बनाउन मद्दत गर्छ । तर स्वदेशी बजारको आकार, हस्तकला उद्योगलाई हेर्ने सरकारी नजर र हाम्रा नीतिहरुले क्षमताअनुसारको उत्पादन र उत्पादन भएका वस्तुहरुको बजारीकरण गर्न सकिरहेको अवस्था छैन ।

पछिल्लो केहीवर्ष यताका तथ्याङ्क अनुसार हरेक वर्ष १० अर्ब आसपासको निर्यात भइरहेको हस्तकला व्यवासयलाई अझै विस्तार गर्न हिमालय एक्सपोले सहयोग गर्नेछ ।

हिमालयन इन्टरनेशनल एक्सपा नेपाली हस्तकलालाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सहयोग गर्ने एक साझा मञ्च हो । सरकारी स्तरबाट आवश्यक सहयोग पाउन नसकेको यो व्यवसाय गरिरहेका व्यवसायी र विश्वका विभिन्न देशका क्रेताहरुलाई एउटै मञ्चमा ल्याउनु नै हाम्रो उद्देश्य हो ।

कतिपय अवस्थामा सरकारी नीति, कतिपय अवस्था बजारबारे अनविज्ञ हुनु लगायतका कारणले हस्तकला व्यवसाय देशव्यापी बन्न सकेको छैन् । यहि व्यवसायलाई देश तथा विदेशका लाखौँ उपभोक्ताको घरघर र हातहतमा पु¥याउन एक्सपोले सहयोग गर्छ ।

हिमालयन इन्टरनेशनल एक्सपोले नेपाली हस्तकलाको प्रवद्र्धनलाई कसरी सहयोग पु¥याएको छ भन्ने विषयमा यसअघि नै हामीले प्रकाश पारेका छौँ । आजको यो भिडिओमा हामी एक्सपोमा कसरी सहभागी हुन सकिन्छ । कस्ता उत्पादन सहभागी हुन सक्छन ? हस्तकला उत्पादन, समस्या र समाधानका सवाल चर्चा गर्नेछौँ ।

हिमालयन एक्सपोमा के हुन्छ ?

बीटुबी हस्तकला प्रदर्शनी नेपालको सबैभन्दा ठूलो प्रदर्शनी हो । यहाँ सयौं स्टलहरु हुन्छन् । विश्वका विभिन्न मुलुकबाट क्रेताहरु पनि स्टलमा आउनेछन् । हिमालयन एक्सपोको उद्देश्य भनेको हस्तकला उद्योगको प्रदर्शन र प्रवद्र्धन गरी विश्वबजारमा चिनाउनु नै हो । एक्सपोको उद्देश्य हस्तकलासँग सराकार राख्नेहरुका लागि लगानी र व्यापारको अवसर सिर्जना गर्नु हो ।

अनुसन्धान, छलफल र बहसका लागि हिमालयन इन्टरनेशनल एक्सपोले साझा मञ्च उपलब्ध गराउने हो । क्रेतालाई विक्रेताको स्टलसम्म पु¥याउने माध्यम हिमालयन एक्सपो हो । यो सँगै हस्तकला व्यवसायी र उत्पादकहरुको सम्बन्ध निर्माण गर्ने उद्देयश्य पनि एक्सापेले लिएको छ । तपाई पनि हस्तकलाको विकास र विस्तारको अभियानमा जुट्न हुन एक्सपोमा सहभागी हुन् आउनुहोस् ।

एक्सपोमा कस्ता उत्पादन सहभागी हुन पाउँछन ?

हिमालयन इन्टरनेशनल एक्सपोमा विशुद्ध हस्तकला उत्पादनलाई प्रोत्साहन र प्राथमिकता दिन्छौँ । नेपाली हस्तकला जस्तैः अल्लो, बाँसजन्य वस्तु, हाडका सामान, सेरामिक सामान, सुर्तीजन्य सामान, ढाका, सीसा, धुप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागजजन्य, रेसाजन्य, चाँदी, काष्ठकला र उलनजन्य सामाग्रीहरु एक्सपोमा सहभागी हुन पाउँछन् ।

यसैगरी धातुका मूर्ति, ढुङ्गाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक लगायत अन्य दर्जनौँ हस्तकलाका उत्पादन एक्सपोमा सहभागी हुन पाउँछन् । स्वदेशी श्रम, सीप र कच्चा पदार्थमा आधारित अधिकतम प्रतिफल अभिवृद्धि हुने रोजगारमूलक उद्योग व्यवसायका रूपमा हस्तकलाको महत्व रहिआएको छ ।

उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, उद्यमीलाई प्रोत्साहित बनाउन, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताको चाहनाअनुरूप वस्तु उत्पादनमा एक्सपो सहायता गर्ने विश्वास हिमालयन एक्सपोले लिएको छ ।

कसरी सहभागी हुन पाइन्छ ?

एक्सपोमा सहभागी हुन तपाईं आफ्नो स्टल दर्ता गर्नुपर्ने हुन्छ । जसका लागि तपाईले ९८१४२३२२३४ वा ०१५०४२४० मा सम्पर्क गर्न सकिन्छ । नेपालबाहिरबाट अमेरिकाका लागि प्लस १(६२६) ३७४७७१९ मा पनि सम्पर्क गर्न सकिन्छ ।

तपाईं आफ्नो उत्पादन र व्यवसायका बारेमा हामीलाई info@himalayanexpo.com मा मेल गर्न सक्नुहुनेछ वा himalayanexpo.com बाट पनि अधिक जानकारी लिन सक्नुहुने छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १ : ४४ बजे