७ असार २०८३, आइतबार | Sun Jun 21 2026

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साखुदेखि पोखरा सम्म सुविधा सम्पन्न बस सेवा सुरु गर्दै



सार्वजनिक यातायातको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको शुभ अधिकारी ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरिरहेको छ । विशेष गरी पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौंसम्म जोड्ने गरी प्रालिले सुविधा सम्पन्न बस सञ्चलन गरिरहेको छ ।

यसैक्रममा प्रालिले पोखरादेखि काठमाडौंको साखुसम्म सोफासिट सहितको सुविधा सम्पन्न बस सञ्चालन गर्न लागेको छ । विशेषगरी धार्मिक आस्थाको केन्द्र बनेको साखु मा पौष सुक्ल पुर्णिामा देखि एक महिना सम्म लाग्ने माधब नारायण मेला लाई मध्य नजर गर्दै सहज रुपमा स्वस्थानी माता र लाबन्य देश ( हाल साखु) को बस सेवा सन्चालन गर्न लागेको उमेश खडकाले जानकारी दिएका छ्न।

साथै यस अगाडि पोखराबाट जोरबाटीसम्म बस सञ्चालन गरिरहेको प्रालिले माग १ गतेबाट साखुसम्म सेवा विस्तार गरेको गर्न लागेको हो। एसी तथा हिटरको सुविधा रहेको बसमा यात्रुलाई ब्लाङकेट, वेलकम स्न्याक्स, वाइफाइ लगायतको सुविधा पनि उपलब्ध छन् । मात्र १२ सय रुपैयाँ भाडादरमा ‘भिआइपी’ बसमा यात्रु गर्ने अवसर ग्राहकले प्राप्त गर्ने जानकारी सन्चालक सज्जन अधिकारीले जानकारी दिए ।

‘हामीले यात्रुको सुविधालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरेका छौं,’ उनले भने । पोखराको जिरो किमीबाट छुट्ने बस लेकसाइड, मुस्ताङचोक, पृथ्वीचोक हुँदै काठमाडौंका लागि प्रस्थान गर्नेछ । प्रालिले पोखरा काठमाडौंका लागि दैनिक र रात्रिकालीन सेवामा बस सञ्चालन गरिरहेको अधिकारीले जानकारी दिए ।बिहान ६:३० बजे र साझ ६:३० बजे काठमाडौ को साखु बाट बस पोखराको लागि छुट्ने छ।

टिकट बुकिङका लागि काठमाडौ को लागि ०१ ४९१३८८८,०१४९१००३८ मोबाइल ९८२५१४०५८३ र पोखरा को लागि ०६१ ५४३६४९ ,०६१ ५७३५२४ तथा ९८४६०२२९३३ मा कल गरि बुकिङ समेत गर्न सकिने जानकारी सुभ अधिकारी ट्राभल्स का उमेश खडका ले जानकारी गराउनु भएको छ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ७ : ५० बजे