७ असार २०८३, आइतबार | Sun Jun 21 2026

आज मुक्लीमा बृहत सांस्कृतिक साँझ, शिव परियारदेखि सुविद्या राईसम्म स्टेज चढ्दै



सोलुखुम्बु । आज सोलुुखुम्बुको मुक्लीमा बृहत सांस्कृतिक साँझको आयोजना हुदैछ ।

छैटौँ अध्यक्ष रनिङ शिल्ड तथा पन्ध्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ र कृषि प्रदर्शनी मेलाको अवसरमा थुलुङ दुधकोशी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी बन्न शिव परियार लगायत कलाकारको जम्बो टिम शुक्रबार नै मुक्ली पुगिसकेका छन् ।

गायक परियार र कुमार प्रयास राई जहाज मार्फत सोलु पुगेका हुन् भने गायक कृष्ण राई, गायिका इन्द्रकला राई, गायक महेशबाबु सुन्दास र गायिका सुविद्या राई सडक मार्ग हुदै मुक्ली पुगेका छन् ।

साँझ हुने कार्यक्रममा गायक विनोद विक्रम राई र कमेडियन विनोदबाबु भण्डारीले पनि आफ्नो प्रस्तुति दिनेछन् । शिव परियारले पिलायो साथीले, फूलैफूल दिन्छौ की, क्या दामी भो लगायतका चर्चित गीत गाउने छन् ।

वर्षेनी सांगीतिक कार्यक्रमकोे आयोजना गर्दै आएको थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय र राष्ट्रिय स्तरका कलाकारलाई समान अवसर प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  २ : ०४ बजे