सोलुुखुम्बुका सम्भव क्षेत्री मिस्टर टिन ईन्टरनेसनल नेपालको फाईनल राउण्डमा प्रवेश गरेका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका १ रुङगाका क्षेत्री अध्ययनका लागि काठमाण्डौं बस्दै आएका उनले फेसन ईराले आयोजना गरेको मिस्टर टिन इन्टरनेशनल नेपालको अन्तिम चरणमा पुगेका हुन् ।
शो को अन्तिममा तीन चरण रहेको छ । फाईनल राउण्डको पहिलो चरणमा सिकोएन्स राउण्ड, दोस्रो चरणमा जिग राउण्ड र अन्तिम चरणमा प्रश्न उत्तर राउण्ड रहेको उनले बताए ।
मंसिर १५ गतेबाट सुरु भएको उक्त रियालिटी शो मा सम्भवले सोलुखुम्बु जिल्लाको प्रतिनिधित्व गरिरहेका छन् । सगरमाथाको काखमा रहेको हिमाली जिल्ला नेचा सल्यानमा जन्मिएका क्षेत्री यसभन्दा अगाडीको चरणमा आफ्नो प्रतिभाको प्रस्तुती प्रदर्शन गरेर ईन्टरनेशनल मार्किङ हुँदै भोटिङ राउण्डका लागि प्रवेश गरेका हुन् ।
अब भोटकै आधारमा प्रक्रिया अगाडी बढ्ने र प्रतिस्पर्धी मध्ये सबै भन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीे सिधै टप ४ मा जाने भएकाले सम्पूर्ण दर्शकहरुलाई भोट गरेर जिताईदिनका लागि आग्रह गरेका छन् ।
उनलाई भोट गर्नको लागि एभेन्टोज डट कममा गएर भोटिङको अप्सनलाई छानेर टिन इन्टरनेशनल नेपाल भित्र सम्भव क्षेत्रीलाई क्युआर भोट साथै सिधै मोवाएल बैंङ्किङ, इ–सेवा, खल्ती, आइ। एम। ई पे, प्रभु पे र माई पे बाट पनि भोट गर्न मिल्ने उनले बताए ।
कार्यक्रमको अन्तिम चरण माघ १२ गते हुने भएको छ । कुमार राउत र भगवती राउतको कान्छो सन्तानका रुपमा रहेका सम्भव क्षेत्री १८ वर्षका हुन् । उनको एकजना दिदी हुनुहुन्छ ।
जनजागृति माध्यामिक विद्यालय सल्लेरीबाट एसइइ पास गरी अध्यनका लागि काठ्माण्डौ गएका क्षेत्रीले त्रीपुरेश्वरको विश्व निकेतन मावि बाट प्लस टु पास गरेका हुन् । क्षेत्री अहिले नेपाल मेघा केलजमा बि।बि। एस पहिलो सेमेस्टरमा अध्यन गर्दै आईरहेका छन् ।
























