३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

‘हिमालयन इन्टरनेशनल एक्स्पो’मा अल्लो, गाँजा देखि गोबरका नेपाली उत्पादन


१७ आश्विन २०८१, बिहिबार  

30
Shares

काठमाडौँ । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले ‘हिमालयन इन्टरनेशनल एक्स्पो’ आयोजना भएको छ। आजबाट १९ गतेसम्म चल्ने एक्स्पोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश भएका छन्।

एक्स्पोको नेपाल सरकारका उद्योगमन्त्री दामोदर भण्डारीले रिबन काटेर उद्घाटन गरे । सांसद गणेश पराजुली, ज्ञानेन्द्र शाही लगायत उपस्थित कार्यक्रममा बोल्ने वक्ताहरुले कपिल अधिकारीको एक्लो प्रयासले भइरहेको एक्स्पोले नेपाली हस्तकलाका सामग्री विश्वव्यापिकरण गर्न भूमिका खेल्ने बताए ।

एक्स्पोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगयताका व्यापारिक कक्ष राखिएका छन् ।

यस्तै, पश्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्स्पोमा समावेश भएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ६ : १४ बजे