३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

मेयर शेर्पाको पहलमा जोरबौद्ध-नेले सडक मर्मत हुने


१८ आश्विन २०८१, शुक्रबार  

108
Shares

काठमाडौँ । सोलुखुम्बुको जोरबौद्ध नेले सडक मर्मत हुने भएको छ ।

पिच सडक जिर्ण बन्दै गएपछि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाबु शेर्पाको पहलमा मर्मतका लागि सडक बोर्ड नेपालबाट ५० लाख बजेट विनियोजन भएको छ ।

मेयर शेर्पाले भने, ‘जोरबौद्ध सडक ठाउँ ठाउँमा भत्किएर सवारी आवतजावतमा समस्या भएको थियो । सडक बोर्ड नेपालसँग मर्मतका लागि गरेको कोशिस सफल भएको छ । ५० लाख बजेट स्वीकृत भएको छ ।’

स्वीकृत बजेटले सडक मर्मतको काम दशैँ लगत्तै सुरु हुने सडक बोर्ड नेपालले बुझिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ७ : ०३ बजे