३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

सारेगमप लिटिल च्याम्प्स २ को भोटिङ पार्टनर खल्ती


२० आश्विन २०८१, आइतबार  

6
Shares

काठमाडौं । नोबडी प्रोडक्सन प्रा.लि.ले नेपालमा ल्याएको नेपालकै चर्चित रियालिटी गायन प्रतियोगिता सारेगामापा लिटिल च्याम्प्स नेपाल सिजन २, ले आफ्नो आधिकारिक भोटिङ पार्टनरको रूपमा खल्तीसँगको सहकार्यको घोषणा गरेको छ।

नेपालमा प्रतिष्ठित फ्रेन्चाइज रियालिटी शोहरू ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको नोबडी प्रोडक्सन प्रा.लि.ले सारेगमप लिटिल च्याम्प्स नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहको लोकप्रियतामा पुर्‍याएको छ। अब खल्तीको प्लेटफर्मसँगको सहकार्यले, दर्शकहरूले आफ्ना मनपर्ने प्रतियोगीहरूलाई सजिलै र सुरक्षित रूपमा भोट गर्न सक्नेछन्, जसले दर्शकको सहभागिता निकै प्रभावकारी र सशक्त हुने अनुमान गरिएको छ।

यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफूलाई मन पर्ने ‘सारेगमप लिटिल च्याम्प्स’ का प्रतियोगीलाई खल्ती एप मार्फत सजिलै भोट गर्न सक्नेछन्।

बालबालिकाहरूको गायन प्रतिभामा केन्द्रित ‘सारेगमप लिटिल च्याम्प्स’ विश्वव्यापी रूपमा चिनिएको फ्रेन्चाइज हो। पहिलो संस्करणबाट नै नेपाली साङ्गीतिक रियालिटी शोको एक महत्त्वपूर्ण हिस्सा बन्न पुगेको ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ को दोस्रो संस्करण यही मङ्सिरबाट स्पेश फोरके र डोको प्लेटफर्म मार्फत प्रसारण हुनेछ। सिजन २ मा सांगीतिक आइकन दीप श्रेष्ठ, युवा गायक स्वूप्न सुमन, र सुवानी मोक्तान निर्णायकको रूपमा रहेका छन्।

सारेगमप लिटिल च्याम्प्स नेपालका प्रोजेक्ट हेड बिपिन कुमार आचार्यका अनुसार खल्तीसँगको यो सहकार्यले हाम्रो दर्शकहरूलाई पहिले भन्दा बढी सशक्त बनाएको छ। भोटिङ धेरै सरल र प्रत्यक्ष भएको छ, जसले गर्दा फ्यानहरूलाई आफ्नो मनपर्ने प्रतिभाहरूको भविष्यमा महत्त्वपूर्ण योगदान दिने अवसर प्राप्त भएको छ। हामी खल्तीसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छौं, यसले दर्शक सहभागितालाई नयाँ डिजिटल प्रविधिमार्फत प्रस्तुत गर्दछ।

खल्तीका सीईओ विनय खड्काले पनि यस सहकार्यबारे आफु उत्साहित नै रहेको जनाउँदै भन्छन्, “सारेगामापा लिटिल च्याम्प्स नेपाल सिजन २ सँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौं। हाम्रो प्लेटफर्मले देश तथा विदेशमा रहेका मानिसहरूलाई सजिलो, सुरक्षित र पहुँचयोग्य भोटिङ अनुभव दिनेछ।”

उनी भन्छन्, “दर्शकहरूले अब खल्ती एप डाउनलोड वा अपडेट गरेर सजिलै भोट गर्न सक्छन्। एपमा उपलब्ध विशेष भोटिङ खण्डमा गएर आफ्नो मनपर्ने प्रतियोगीलाई छानेर भोट गर्न सकिन्छ। यो प्रक्रिया अत्यन्त सरल र सहज छ, जसले गर्दा दर्शकहरूले कुनै अवरोध बिना आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई सहयोग गर्न सक्नेछन्।”

सारेगामापा लिल च्याम्प्स नेपाल
सारेगामापा लिल च्याम्प्स नेपाल, नोबडी प्रोडक्सन प्रा. लि. द्वारा नेपालमा ल्याईएको हो। नेपालका भावी पुस्ताका प्रतिभाशाली गायकहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने प्रमुख मञ्च हो। यो शो विश्वप्रसिद्ध सारेगमप फ्रेन्चाइजको हिस्सा हो, जुन दशकौंदेखि संगीत रियालिटी टेलिभिजनको आधारशिला बनेको छ। सिजन २ मा संगीतिक आइकन दीप श्रेष्ठ, युवा गायक स्वूप्न सुमन, र सुवानी मोक्तान निर्णायकको रूपमा समावेश हुनेछन्। शो स्पेस फोरके र डोको प्लेटफर्ममा मङ्सिरदेखि प्रसारण हुनेछ।

खल्ती
२०१७ मा स्थापना भएको खल्ती नेपालकै अग्रणी डिजिटल वालेट र भुक्तानी गेटवे हो, जसले मोबाइल रिचार्ज, युटिलिटी बिल भुक्तानी, अनलाइन किनमेल लगायतका सेवाहरू प्रदान गर्दछ। ३० लाख भन्दा बढी प्रयोगकर्ताहरूको साथमा, खल्तीले सुरक्षित, भरपर्दो र नवीन डिजिटल समाधानहरू उपलब्ध गराइरहेको छ।

नोबडी प्रोडक्सन प्रा.लि.
२०१९ मा स्थापना भएको नोबडी प्रोडक्सन प्रा.लि. एक अग्रणी निर्माण कम्पनी हो, जसले को बन्छ करोडपति, क्राइम पेट्रोल, र सारेगामापा लिटिल च्याम्प्स जस्ता चर्चित अन्तर्राष्ट्रिय शोहरू निर्माण गर्दै आएको छ। यो कम्पनीले विश्वस्तरीय रियालिटी शोहरू नेपाली दर्शकहरूका लागि प्रस्तुत गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

सारेगमप लिटिल च्याम्प्स नेपाल र खल्ती बीचको यस साझेदारीले मनोरञ्जन र डिजिटल नवप्रवर्तनको उत्कृष्ट संयोजन गर्दै नेपाली दर्शकहरूलाई सहज, सुरक्षित र रोमाञ्चक भोटिङ अनुभव प्रदान गर्ने नयाँ युगको सुरुवात गरेको छ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ३ : ४१ बजे