८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

थुलुङ दुधकोशीले ३६ वटा विद्यालयको प्रोफाइल तयार पार्ने


२८ कार्तिक २०८१, बुधबार  

18
Shares

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिका भित्रका ३६ वटा विद्यालयको स्कुल प्रोफाइल तयार पार्ने भएको छ ।

पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बुधबार बसेको बैठकले सम्पूर्ण विद्यालयका इसिइडी कक्षा देखि ३ सम्मका विद्यार्थीमा असक्षमता स्किनिङ गर्ने निर्णय गरेको हो ।

गाउँपालिका क्षेत्रभित्रका घरहरूलाई गाउँपालिकामा वैज्ञानिक दर्ता प्रक्रिया शुरूवात गर्ने प्रयोजनार्थ नक्सा पास सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यको लागि वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिलाई १५ दिनभित्र कार्ययोजना सहितको प्रतिवेदन पेश गर्नसमेत जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।

आर्थिक वर्ष २०८० ०८१ को यस गाउँपालिकाबाट विनियोजित बजेट, योजना तथा कार्यक्रमहरूको शाखागत रूपमा वार्षिक समिक्षा गरिएको छ ।

अघिल्लो आर्थिक वर्षको वित्तीय प्रतिवेदन, क्षेत्र उपक्षेत्र अन्तर्गतका विनियोजन तथा खर्चसमेतको विवरण पेश गर्दै वित्तीय प्रगति ९१.५८ प्रतिशत रहेको प्रशासकीय अधिकृत प्रशन्नदिप राईले बताए ।

बैठकले वार्षिक समिक्षामा सफल अभ्यासको रूपमा स्थापित कार्यलाई निरन्तरता दिने र विद्यमान चुनौतिहरूलाई समयसापेक्ष समाधान गर्दै चालु आर्थिक वर्षलाई थप प्रभावकारी बनाउन सम्पुर्ण पक्ष थप जिम्मेवार हुने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ५ : ३२ बजे