८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सोलुदुधकुण्ड नगरपालिकाको नगर सभाको विशेष अधिवेशन सम्पन्न, के के भए निर्णय ?


२९ कार्तिक २०८१, बिहिबार  

10
Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको नगर सभाको विशेष अधिवेशन सम्पन्न भएको छ ।

नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा विहिबार सम्पन्न भएको नगर सभाको विशेष अधिवेशनमा विधायन समितिका संयोजक उपप्रमुख गान्धी माया तामाङले सोलुदुधकुण्ड नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०८१ र लेखा समितिका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले आर्थिक वर्ष २०८० ८१ को प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन र सम्परीक्षण गर्नु पर्ने दफाको बारेमा प्रस्ताव पेश गरेका थिए ।

अन्य के भयो ?

अधिवेशनमा नगरप्रमुख शेर्पाले सोलुदुधकुण्ड नगरपालिकाबाट सम्पादित गतिविधिहरुको प्रमाणका रुपमा नगरपालिका शून्य बेरुजु तर्फ उन्मुख रहेकोमा नगरपालिकाका सबै जनप्रतिनिधी, कर्मचारीहरु र सेवाग्राही सबैलाई धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ५ : ४५ बजे